आइतबार, साउन १८, २०८२

आज २९४२ जनामा कोरोना पुष्टि, २३२६ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ९४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  आइतबार, कात्तिक २, २०७७
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २, २०७७

vianetvianet

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ९४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ३२ हजार २४६ पुगेको छ।

पछिल्लो २४ घण्टामा १४ हजार ८७५ जनाको पीसीआर परीक्षण गरिएको छ। हालसम्म १२ लाख ८३ हजार ३५४ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य तजा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

आज ३९ हजार ३४१ जना सक्रिय संक्रमित रहेका छन्। जसमध्ये १२ हजार ३३ जना संस्थागत आइसोलेसनमा र २६ हजार ४०८ जना होम आइसोलेसनमा छन्।

४ हजार ८३१ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ।

आज २ हजार ३२६ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन्। योसहित कोरोना संक्रमणमुक्त भएपछि डिस्चार्ज हुनेको संख्या ९२ हजार १६६ पुगेको छ।

पछिल्लो २४ घण्टामा १२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। यो सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७३९ पुगेको छ।

प्रकाशित: Oct 18, 2020| 10:43 आइतबार, कात्तिक २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।