आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • असई हत्या प्रकरणमा ११ जना पक्राउ, जवान साउदको अवस्था अझै अज्ञात 

असई हत्या प्रकरणमा ११ जना पक्राउ, जवान साउदको अवस्था अझै अज्ञात 

नेपाल प्रहरीका असई गोविन्द विकको हत्यामा प्रकरणमा अनुसन्धानका लागि प्रहरीले ११ जनालाई नियन्त्रणमा लिएको छ। 
 |  आइतबार, कात्तिक २, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २, २०७७

काठमाडौं– नेपाल प्रहरीका असई गोविन्द विकको हत्यामा प्रकरणमा अनुसन्धानका लागि प्रहरीले ११ जनालाई नियन्त्रणमा लिएको छ। 

प्रहरी सहायक निरीक्षक (असई) शव धारिलो हतियार प्रहार गरी हत्या गरेको अवस्थामा कैलालीको मोहना नदी किनारामा आइतबार बिहान फेला परेको थियो। उनीसँगै ड्युटीमा खटिएका प्रहरी जवान रामबहादुर साउदको भने अवस्था अझै अज्ञात छ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेशकुमार सिंहले घटनाको अनुसन्धानका लागि शंकास्पद ११ जनालाई नियन्त्रणमा लिइएको जानकारी दिए। 

सिंहका अनुसार पक्राउ पर्नेहरु कैलालीको जुगेडास्थित सीमावर्ती क्षेत्रमा सामान तस्करीमा संलग्न रहने गरेका छन्। प्रहरीले असई विकको हत्या तस्कर समूहबाट भएको प्रारम्भिक अनुमान गरेको छ।

विक कैलालीको धनगढी उपमहानगरपालिका–१२ स्थित अस्थायी प्रहरी पोस्टका इन्चार्ज थिए।  प्रहरीले असईको हत्या गरिएको अवस्थामा शव भेटिएकाले जवानको पनि हत्या नै भएको हुन सक्ने अनुमान गरेको छ। 

‘हामीले प्रहरी जवानको शव पनि नदीमा हुन सक्ने आशंकामा सशस्त्र प्रहरीको गोताखोर टोली ल्याएर खोजतलास गर्दैछौं,’ एसएसपी सिंहले भने, ‘घटनास्थलमा प्रहरी जवानको मोबाइल भेटिएको छ।’

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी उत्तमराज सुवेदी बिहानैदेखि घटनास्थलमा खटिएका छन्। घटनास्थल क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरेर सर्च अपरेसन भइरहेको छ। 

अस्थायी प्रहरी पोष्ट रहेको जुगेडा सीमावर्ती क्षेत्र हो। त्यहाँबाट अवैध तस्करी हुने भएकाले सुरक्षा निकायले नियमित निगरानी गर्दै आइरहेका थिए। तस्करकै समूहले नै गस्तीमा गएको समयमा घेरा हालेर हत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ। 

असईको स्थायी ठेगाना कञ्चनपुरको पुनर्वास नगरपालिका–९ र प्रहरी जवानको अछामको बान्नीगढी गाउँपालिका–५ रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित: Oct 18, 2020| 09:35 आइतबार, कात्तिक २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।