आइतबार, भदौ १४, २०८३

दसैं भत्ता फिर्ताका लागि भीम रावलको पत्राचार

नेकपा नेता जनार्दन शर्माले सांसदलाई दसैं भत्ता दिनुभन्दा त्यो रकमले भेन्टिलेटर किन्नु उपयुक्त हुने धारणा राखेका छन्।
 |  आइतबार, कात्तिक २, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २, २०७७

काठमाडौं–  प्रतिनिधि सभाका सदस्य भीम रावलले दसैं भत्ता वापतको रकम फिर्ताका लागि संघीय संसद सचिवालयका महासचिवलाई पत्र लेखेका छन्।

उनले आज बिहान सांसदले  दसैं भत्ता लिनु उपयुक्त नभएको भन्दै आफूले फिर्ता गर्ने बताएका थिए। 

‘देश विषम परिस्थिति तथा आर्थिक कठिनाईमा रहेको बेला जनप्रतिनिधिहरु,  विशेषतः सांसदहरुका लागि दसैं भत्ता वापत रकम उपलब्ध नगराउने नीतिगत निर्णय नै हुनुपर्ने हो,’ महासचिवलाई लेखेको पत्रमा उनले भनेका छन्, ‘निवेदन दिइरहनुपर्ने होइन।  तर त्यसो नगरिएको र त्यस सचिवालयका कर्मचारीहरुलाई उद्धृत गर्दै निवेदन दिएमा उक्त भत्ता रोकिने कुरा समाचार माध्यममा प्रकाशित भएको हुँदा मेरो दसैं भत्ता फिर्ता हुने व्यवस्था गर्नका लागि आग्रह गर्दछु।’

आफ्नो खातामा जम्मा भइसकेको रकम हाल त्यस सचिवालयले फिर्ता लिन कठिनाई हुने भएमा भत्ता बराबरको रकम आफूबाट चेक लिएर वा आगामी महिनाको पारिश्रमिकबाट सो रकम कट्टी हुने व्यवस्था गर्न पनि उनले भनेका छन्। यसबारे खबर पाउने अपेक्षा छ,’  उनले भनेका छन्।

यसैबीच अर्का सांसद एवम् नेकपा नेता जनार्दन शर्माले सांसदलाई दसैं भत्ता दिनुभन्दा त्यो रकमले भेन्टिलेटर किन्नु उपयुक्त हुने धारणा राखेका छन्।

उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्,  'कोरोनाको महामारी हाम्रो मुख्य समस्या हो । यस्तो बेला सांसदलाई दसैं भत्ता दिनुभन्दा भेन्टिलेटर किनौं।'

उनले आफूलाई प्राप्त दसैं भत्ताको रकम भेन्टिलेटरमा रहेर उपचार भइरहेका कालिकोटका नरेन्द्र बोहरालाई हस्तान्तरण गर्ने पनि जानकारी दिएका छन्।

प्रकाशित: Oct 18, 2020| 09:23 आइतबार, कात्तिक २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।