आइतबार, भदौ १४, २०८३

असीम सागरको कविता कृति ‘क’ सार्वजनिक

कवि असीम सागरको कविता कृति ‘क’ सार्वजनिक भएको छ। 
 |  आइतबार, कात्तिक २, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २, २०७७

काठमाडौं– कवि असीम सागरको कविता कृति ‘क’ सार्वजनिक भएको छ। 

कोरोना भाइरस महामारीका कारण औपचारिक कार्यक्रमबिनै पुस्तक आइतबार बजारमा ल्याइएको हो।

असीम सागर साधारण नेपाली जनताका कवि रहेको पत्रकार एवम् कवि रूपेश श्रेष्ठले बताए। असीमका कविताले सडकका नागरिकको कथा भन्ने उनको भनाइ छ। 

‘देखेर र भोगेर कविता लेख्नुमा ठूलो अन्तर हुन्छ। असीम सागरको कविता संग्रह ‘क’ मा भोगेर लेखेका कविता छन्,’ उनले भने, ‘सरल भाषामा यति ओजपूर्ण कविता लेख्न सकिन्छ, भन्ने असीमले प्रमाणित गरेका छन्।’ 

प्रकाशक फाइनप्रिन्टका सहसंस्थापक नीरज भारीले सरल किसिमका कविता लेख्ने सागरको यो कृतिमा सामान्य नागरिकका दुःख, पीडा अनि समाजमा व्याप्त बेथिति, विसंगतिलाई घतलाग्दो किसिमले प्रस्तुत गरिएको बताए। उनले भने, ‘यति ओजपूर्ण कृति प्रकाशन गर्न पाउनु हाम्रो लागि खुसीको विषय हो।’ 

जीवनमा आइपरेका घटना र विभिन्न अनुभवबाट निःसृत भावलाई नै कविताका रुपमा प्रस्तुत गरेको लेखक सागरले बताए। 

‘जीवन बाँच्दै जाँदा कैयौं पटक चोइटिएको छु। भाँच्चिएको छु। दुखेको छु,’ उनले भने, ‘तिनै दुखाइ र असन्तुष्टि नै मेरा कविताका अंश हुन्। जसलाई मैंले आफ्नै आँसुको मसीले लेखेको छु।’ 

यसरी आफू जस्तै दुखेका हजारौं मानिसका साझा सन्तुष्टि र दुखाई नै यो कविताकृति ‘क’ रहेको उनले बताए। ‘यही ‘क’माथि सत्ताको आँखा र ध्यान जाओस्, बस्, मलाई यत्ति भए पुग्छ,’ उनले भने।  

आम मानिसको भोगाइ एवम् जीवनबारे कविता लेख्न रूचाउने कवि असीम सागर नेपाली कविताको क्षेत्रमा परिचित नाउँ हो। 

जून पोखिएको रात र अस्तित्वका आवाजहरु (गजल सङ्ग्रह) प्रकाशन गरिसकेका उनले खडानन्द मनमाया स्मृति पुरस्कार, जोगमाया चापागाईं गजल पुरस्कार, भावतरङ्ग साहित्य सम्मान (सिक्किम), बसिबियाँलो साहित्य सम्मान (कालेबुङ) जस्ता पुरस्कार एवम् सम्मान पाएका छन्। उनी राष्ट्रिय कविता प्रतियोगिताका विजेतासमेत हुन् ।  


 

प्रकाशित: Oct 18, 2020| 09:19 आइतबार, कात्तिक २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।