आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • होम आइसोलेसनमा संक्रमितको मृत्यु भए शव व्यवस्थापन परिवारले नै गर्नुपर्ने 

होम आइसोलेसनमा संक्रमितको मृत्यु भए शव व्यवस्थापन परिवारले नै गर्नुपर्ने 

सरकारले होम आइसोलेसनमा मृत्यु भएमा परिवारले नै अन्तिम संस्कार गर्नुपर्ने गरी शव व्यवस्थापन सम्बन्धी कार्यविधि तयार गरेको छ।
 |  आइतबार, कात्तिक २, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २, २०७७

काठमाडौं– सरकारले होम आइसोलेसनमा मृत्यु भएमा परिवारले नै अन्तिम संस्कार गर्नुपर्ने गरी शव व्यवस्थापन सम्बन्धी कार्यविधि तयार गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शव व्यवस्थापन सम्बन्धि कार्यविधि संशोधन गर्दै होम आइसोलेसनमा मृत्यु भएमा परिवारले नै शवको व्यवस्थापन गर्नुपर्ने मापदण्ड बनाएको हो। 

उक्त कार्यविधिअनुसार संक्रमितको होम आइसोलेसनमा मृत्यु भएमा आफन्तले स्थानीय प्रतिनिधिलाई वा प्रहरीलाई खबर गरी परिवारका सदस्यहरुले अन्तिम संस्कारमा सजगता अपनाई अन्त्येष्टि गर्नुपर्ने उल्लेख छ । 

व्यक्तिगत सुरक्षाका सामग्री जस्तै– पञ्जा, मास्क, पूरा बाहुला भएको गाउन प्रयोग गरी शवलाई सुरक्षित रुपमा बाँधेर बडी ब्यागमा आफन्तले नै राख्नुपर्नेछ।

यस्तो कार्यमा बच्चा र ६० वर्ष माथिका ज्येष्ठ नागरिक लगायत जोखिम समूहमा पर्ने व्यक्तिलाई समावेश गराउन नहुने कार्यविधिमा उल्लेख छ । हालसम्म कोरोना संक्रमितको मृत्यु भएमा सरकारले नै शव व्यवस्थापन गर्दै आएको थियो । 

प्रकाशित: Oct 18, 2020| 08:30 आइतबार, कात्तिक २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।