आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पत्रकारका समस्या समाधान गर्न सञ्चारमन्त्री गुरुङ प्रतिबद्ध

पत्रकारका समस्या समाधान गर्न सञ्चारमन्त्री गुरुङ प्रतिबद्ध

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले पत्रकार र सञ्चार क्षेत्रमा देखिएका समस्या समाधान गर्न आफू प्रतिबद्ध रहेको बताएका छन्। 
 |  आइतबार, कात्तिक २, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २, २०७७

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले पत्रकार र सञ्चार क्षेत्रमा देखिएका समस्या समाधान गर्न आफू प्रतिबद्ध रहेको बताएका छन्। 

उनले आइतबार नेपाल पत्रकार महासंघसँगको टोलीसँग भएको भेटमा यस्तो प्रतिबद्धता जनाएका हुन्।

‘सञ्चर क्षेत्रमा देखिएका समस्याको समाधान सरोकारवाला पक्षसँग छलफल र सहकार्य गरेर मात्रै गरिनेछ,’ मन्त्री गुरुङले भने, ‘त्यसका लागि नेपाल पत्रकार महासंघसहितका सम्बन्धित पक्षले आवश्यक सहयोग पुर्याउने विश्वास लिएको छु।’ 

महासंघका अध्यक्ष गोविन्द आचार्यले मन्त्री गुरुङको कार्यकालको पूर्ण सफलताको कामना गर्दै कोरोना भाइरसका कारण पत्रकारहरुले भोग्दै आएका समस्या, श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन, संघीयता अनुकूल हुने गरी सञ्चार क्षेत्रको पुनर्संरचना गर्न ढिलाइ नगर्न ध्यानाकर्षण गराएका थिए। 

जवाफमा मन्त्री गुरुङले प्रेस स्वतन्त्रताको संरक्षण र संवद्र्धन तथा पत्रकारहरुको पेसागत हितका पक्षमा आफू दृढतापूर्वक लागिपर्ने पनि बताएका थिए। 

मन्त्री गुरुङसँगको भेटमा महासंघका अध्यक्ष आचार्य, उपाध्यक्ष दिलीप थापामगर, महासचिव रमेश विष्ट, सचिवद्वय रामप्रसाद दाहाल, रेमबहादुर विश्वकर्मा र कोषाध्यक्ष राजेश मिश्र सहभागी थिए।
 

प्रकाशित: Oct 18, 2020| 08:15 आइतबार, कात्तिक २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।