आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गैँडा मृत्युको कारण खोज्दै चितवन राष्ट्रिय निकुञ्ज 

गैँडा मृत्युको कारण खोज्दै चितवन राष्ट्रिय निकुञ्ज 

प्राकृतिक कारणबाट गैँडा मर्ने क्रम बढेपछि चितवन राष्ट्रिय निकुञ्जले मृत्युको कारण खोज्न समिति गठन गरेको छ।   
 |  आइतबार, कात्तिक २, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २, २०७७

चितवन– प्राकृतिक कारणबाट गैँडा मर्ने क्रम बढेपछि चितवन राष्ट्रिय निकुञ्जले मृत्युको कारण खोज्न समिति गठन गरेको छ।   

निकुञ्जले सहायक संरक्षण अधिकृत ऋषि रानाभाटको संयोजकत्वमा राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख डा. बाबुराम लामिछाने र  भेटेरिनरी डा. अमिर सडौला सदस्य रहेको समिति बनाएको हो। 

गैँडा मरेका क्षेत्रमा केही दिनमा स्थलगत अध्ययन गरिने तथा बृहत् छलफल र विगतका तथ्याङ्कको अध्ययन गरी कारण पहिचान गरिने सैयोजक रानाभाटले जानकारी दिए। 

चालु आर्थिक वर्षमा हालसम्ममा एउटा गैँडा चोरी सिकारका कारण तथा आठ गैँडा प्राकृतिक कारणले मरेका छन्। 

अधिकांश गैँडा कसरादेखि पश्चिमतर्फको क्षेत्रमा मरेका थिए। रानाभाटका अनुसार गैँडा मरेका ठाउँको स्थलगत अध्ययनसँगै हरेक गैँडाको मृत्युका कारणको खोजी, बासस्थानको अवस्थालगायत बारेमा अध्ययन गरिने छ।

यसअघि पनि निकुञ्ज विभागका उपमहानिर्देशकको संयोजकत्वमा गठित टोलीले प्राकृतिक कारणबाट गैँडा मर्नुको  कारणको अध्ययन गरेको थियो। 

मुख्य रुपमा गैँडा बाढीले बगाएर, दलदलमा फसेर तथा एक अर्काेसँग जुधेर मर्ने गरेका छन्। बाढीले बगाएका गैँडाको फोक्सोमा पानी जमेको भेटिने गरेको छ। 

गत वर्ष प्राकृतिक कारणले निकुञ्जमा २६ गैँडा मरेका थिए। अघिल्लो आर्थिक वर्षमा यो संख्या ४३ थियो। 

सन् २०१५ मा निकुञ्जमा गरिएको गणनाअनुसार ६०५ गैँडा छन्। हरेक चार–चार वर्षमा गैँडा गणना गरिन्छ। गत आर्थिक वर्षमा कोरोनाका कारण गणना रोकिएको थियो। यस वर्ष गैँडा गणना गर्ने कार्यक्रम रहेको निकुञ्जले जनाएको छ।  – रासस
 

प्रकाशित: Oct 18, 2020| 07:48 आइतबार, कात्तिक २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।