भक्तपुर– जिल्ला प्रशासन कार्यालय भक्तपुरले आजदेखि अत्यावश्यक बाहेकका सम्पूर्ण सराकारी कार्यालय बन्द गरेको छ।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, स्वास्थ्य विज्ञ, सुरक्षा निकायलगायतसँगको छलफलपछि कार्यालय बन्द गरिएको हो।
कोरोनाको जोखिम बढेको कारणले अर्को सूचना जारी नभएसम्मका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन्।
जिल्लाका नगरपालिकाहरूले समेत अत्यावश्यक बाहेकका सेवा बन्द गरेका छन्। - रासस