आइतबार, भदौ १४, २०८३

विराटनगरमा थप दुई कोरोना संक्रमितको मृत्यु

विराटनगर महानगरपालिका–७ का ८६ वर्षीय वृद्ध र विराटनगर-१२ का ५५ वर्षीय अर्का एक पुरुषकाे मृत्यु भएकाे हाे।
 |  आइतबार, कात्तिक २, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २, २०७७

विराटनगर– विराटनगरमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ।  विराटनगर महानगरपालिका–७ का ८६ वर्षीय वृद्ध र विराटनगर-१२ का ५५ वर्षीय अर्का एक पुरुषकाे मृत्यु भएकाे हाे।

वृद्धकाे आइतबार बिहान ९ बजेतिर नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ। मृतक क्यान्सरको समस्याबाट पीडित रहेको पाइएको अस्पतालका प्रबन्धक नारायण दाहालले बताए। 

कोसी अस्पतालको प्रयोगशालामा पीसीआर परीक्षण गराउँदा उनको रिपोर्ट पोजेटिभ आएको थियो। उनलाई उपचारका लागि नोबेलको कोभिड अस्पतालमा असोज २५ गते भर्ना गरिएको दाहालले बताए। 

मृतकको परिवारका अरु तीन सदस्यलाई पनि संक्रमण देखिएको छ। कोरोना पुष्टि भए पनि परिवारका अरु सदस्य भने होम आइसोलेसनमै रहेको दाहालले जानकारी दिए। 

कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा विराटनगर-१२ का ५५ वर्षीय एक पुरुषको शनिबार राति १०ः५५ बजेतिर मृत्यु भएको छ। 

उपचार केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतका अनुसार पीसीआर परीक्षण गराउँदा असोज १३ गते रिपोर्ट पोजेटिभ आएका पुरुषलाई त्यही दिन उपचारका लागि कोभिड अस्पतालमा भर्ना गरिएको थियो। 

उपचारका लागि भर्ना भएको १८ दिनपछि अस्पतालकै आइसोलेसनमा संक्रमितको मृत्यु भएको बस्नेतले बताए। मृतकमा मधुमेहको पुरानै समस्या रहेको बस्नेतले बताए।
 

प्रकाशित: Oct 18, 2020| 05:33 आइतबार, कात्तिक २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।