आइतबार, भदौ १४, २०८३

प्रदेश २ मा छठपछि प्रहरी भर्ना

संघीय प्रहरी ऐनसँग बाझिने गरी प्रदेश २ सरकारले प्रहरी भर्ना लिने तयारी थालेको छ। 
 |  आइतबार, कात्तिक २, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २, २०७७

जनकपुरधाम– संघीय प्रहरी ऐनसँग बाझिने गरी प्रदेश २ सरकारले प्रहरी भर्ना लिने तयारी थालेको छ। 

प्रदेश प्रहरी ऐन पारित भएको झन्डै डेढ वर्षपछि प्रदेश २ सरकारले प्रहरी भर्ना लिने तयारी थालेको हो।  

प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले प्रदेश सरकारले प्रहरी भर्ना  प्रक्रिया चाँडै सुरु गर्ने बताए। 

आइतबार बसेको मन्त्रिपरिषद बैठकमा भर्नासम्बन्धी  प्रस्ताव पारित भएको हो। 

मन्त्री यादवले भने, ‘अहिले चाडपर्वको समय रहेकाले छठलगत्तै प्रहरी भर्नाका लागि आवेदन आह्वान गर्नेर्छौं।’

उनका अनुसार प्रदेश सरकारले प्रहरी जवान, असई र इन्सपेक्टर पदका लागि आवेदन आह्वान गर्नेछ। 

मन्त्रिपरिषद् बैठकमा प्रदेशसभाको चौथो अधिवेशन अन्त्य गर्ने सहमति भएको मन्त्री यादवले जानकारी दिए। प्रदेश सरकारका कर्मचारीको सरुवा तथा काज सम्बन्धी कार्यविधि २०७७ र प्रदेशको राजपत्र निर्देशिका २०७७ को मस्यौदा स्वीकृत गर्ने निर्णय गरिएको छ। 

बैठकले प्रदेश विपत व्यवस्थापनसम्बन्धी प्रदेशको मस्यौदा निर्माणका लागि सैद्धान्तिक सहमति दिएको छ। दलित विकास समितिको उपाध्यक्ष पदको नियुक्ति गर्ने निर्णय गरिएको मन्त्री यादवले जानकारी दिए।

प्रकाशित: Oct 18, 2020| 05:17 आइतबार, कात्तिक २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।