आइतबार, भदौ १४, २०८३

नेपाली सेनाको पृतनापति सम्मेलन सुरु

नेपाली सेनाको पृतनापति सम्मेलन आज काठमाडौंमा सुरू भएको छ।
 |  आइतबार, कात्तिक २, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २, २०७७

काठमाडौं– नेपाली सेनाको पृतनापति सम्मेलन आज काठमाडौंमा सुरु भएको छ।

सम्मेलन तीन दिनसम्म चल्ने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय प्रमुख एवम् नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोषवल्लभ पौडेलले जानकारी दिए। 

यसपटकको सम्मेलन भर्चुअल माध्यमबाट हुन लागेको हो। उपत्यकाबाहिरका पृतनापतिहरु भर्चुअल माध्यमबाट नै सहभागिता जनाउनेछन्।

सम्मेलनको प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले उद्घाटन गरेका छन्। सम्मेलनमा मुलुकको शान्तिसुरक्षा र कोरोना भाइरसको संक्रमण रोकथाममा नेपाली सेनाले गरिरहेको काम लगायत भावी रणनीति तय गरिने जनाइएको छ। 

नेपाली सेनाले ६÷६ महिनामा पृतनापति सम्मेलन गर्दै आइरहेको छ। उपरथीको नेतृत्वमा रहने नेपाली सेनाका देशैभर आठ वटा पृतनालय छन्।

प्रकाशित: Oct 18, 2020| 05:07 आइतबार, कात्तिक २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।