आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राति गस्तीमा निस्केका असई मृत भेटिए, हवल्दार सम्पर्कविहीन

राति गस्तीमा निस्केका असई मृत भेटिए, हवल्दार सम्पर्कविहीन

कैलालीको धनगढी उपमहानगरपालिका–१२ जुगेडास्थित अस्थायी प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक (असई) मृत भेटिएका छन्। 
 |  आइतबार, कात्तिक २, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २, २०७७

काठमाडौं– कैलालीको धनगढी उपमहानगरपालिका–१२ जुगेडास्थित अस्थायी प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक (असई) मृत भेटिएका छन्। 

राति ८ बजेतिर चौकीबाट प्रहरी हवल्दारसहित मोटरसाइकलमा गएका असई मृत भेटिएका हुन्। सँगै गएका हवल्दार पनि सम्पर्कविहीन छन्। 

राति १० बजेसम्म पनि कुनै सम्पर्क नभएपछि खोजतलास गर्ने क्रममा असई गोविन्दबहादुर विकको शव आज बिहान सीमा नाकास्थित मोहना नदीमा फेला परेको छ। 

हवल्दार रामबहादुर साउँद अहिलेसम्म सम्पर्कमा आएका छैनन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेशबहादुर सिंहले असई मृत भेटिएको र प्रहरी हवल्दारको अवस्था अहिलेसम्म अज्ञात रहेको जानकारी दिए। उनले घटनाको अनुसन्धान जारी रहेकाले अहिले नै यकिन हुन नसकेको बताए। 

बिहानै खोजी गर्ने क्रममा चौकीदेखि एक किलोमिटरको दूरीमा मोटरसाइकल भेटिएको छ। असईको शव भने करिब तीन किलोमिटरको दूरीमा भेटिएको हो। 

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी उत्तमराज सुवेदीसहितको टोली अहिले घटनास्थलमा पुगेको छ।

प्रहरीले तस्करहरुसँगको भिडन्तमा मारिएको हुन सक्ने आशंका गरेको छ। यद्यपी यसबारे अझै पुष्टि भने भइसकेको छैन।
 

प्रकाशित: Oct 18, 2020| 04:45 आइतबार, कात्तिक २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।