आइतबार, भदौ १४, २०८३

सुदूरपश्चिममा कोरोनाका संक्रिय संक्रमित १३ सय

धनगढी- सुदूरपश्चिम प्रदेशमा कोभिड–१९ का संक्रिय संक्रमित १३ सयभन्दा बढी पुगेका छन्।
 |  आइतबार, कात्तिक २, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २, २०७७

धनगढी- सुदूरपश्चिम प्रदेशमा कोभिड–१९ का संक्रिय संक्रमित १३ सयभन्दा बढी पुगेका छन्।

स्वास्थ्य निर्देशनलाय डोटीका अनुसार पछिल्लो २४ घण्टामा ७७ जना नयाँ कोभिड–१९ संक्रमित थपिएसँगै प्रदेशमा सक्रिय संक्रमितको संख्या एक हजार ३६३ पुगेको हो। 

प्रदेशमा कुल संक्रिय संक्रमितको आधाभन्दा बढी संख्या कैलालीमा छ। कैलालीमा कोभिड–१९ का संक्रिय संक्रमितको संख्या ६६९ रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। 

निर्देशनालयका अनुसार बझाङमा १४५, दार्चुलामा १२९, कंचनपुरमा १२६, डोटीमा ९७, अछाममा ८१, बैतडीमा ५४, डडेल्धुरा ५१, बाजुरामा ६ तथा अन्य प्रदेशका ५ जना छन् । 

प्रदेशको बिभिन्न अस्पतालमा ६ जनाको आईसियु र तीन जनाको भेन्टिलेटरमा उपचार भैरहेको निर्देशनालयले जनाएको छ।

प्रकाशित: Oct 18, 2020| 01:53 आइतबार, कात्तिक २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।