आइतबार, भदौ १४, २०८३

उदयपुरमा मध्यरात जिप दुर्घटना, ५ जनाको मृत्यु

विराटनगर– उदयपुरको कटारी नगरपालिका–१४ भदौरेमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ। तीन जना गम्भीर घाइते भएका छन्। 
 |  आइतबार, कात्तिक २, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २, २०७७

विराटनगर– उदयपुरको कटारी नगरपालिका–१४ भदौरेमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ। तीन जना गम्भीर घाइते भएका छन्। 

शनिबार राति भैरहवाबाट ओखलढुंगातर्फ जाँदै गरेको बा २० च ७१७१ नम्बरको जिप दुर्घटनामा परेको प्रदेश १ ट्राफिक प्रहरी प्रमुख एसपी सञ्जीव शर्मा दासले जानकारी दिए।

मृतकमध्ये दुई जनाको पहिचान खुलेको छ। तीन जनाको पहिचान खुल्न बाँकी रहेको एसपी दासले बताए। उनका अनुसार दुर्घटनामा परेर ओखलढुंगा मानेभञ्ज्याङ–९ का ३० वर्षीय रामबहादुर सार्की र २६ वर्षीय कर्णबहादुर सार्कीको घटनास्थलमै मृत्यु भएको छ। 

ट्राफिक प्रहरीले राति ११ः५५ बजेतिर ब्रेक फेल भएर जिप  दुर्घटनामा परेको हुनसक्ने अनुमान गरेको छ। गाडी सडकबाट करिब नौ सय मिटर तल खसेको थियो।

दुर्घटनामा परेर ओखलढुंगाको मानेभञ्याङ–९ की २८ वर्षीय कुमारी सार्की, २२ वर्षीया कल्पना सार्की र स्कोरपिओ चालक रुपन्देही मधुवलिया–४ का २८ वर्षीय पनव खड्का गम्भीर घाइते भएका छन्। 

घाइतेहरुको कटारी अस्पतालमा उपचार भइरहेको  प्रहरीले जनाएको छ। 

प्रकाशित: Oct 18, 2020| 01:46 आइतबार, कात्तिक २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।