आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • वीरगन्जमा बरामद भएको सुनमा भाजपा नेताका भाइको संलग्नता

वीरगन्जमा बरामद भएको सुनमा भाजपा नेताका भाइको संलग्नता

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गंगा पन्तले बरामद गरिएको सुनका विषयमा थप अनुसन्धान भइरहेको जानकारी दिइन्। 
 |  शनिबार, कात्तिक १, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १, २०७७

काठमाडौं– प्रहरीले वीरगन्जमा बरामद गरेको सुनमा भारतीय जनता पार्टीको तर्फबाट बिहार विधानसभामा रक्सौलबाट प्रत्यासी रहेका बीजेपी नेता प्रमोदकुमार सिन्हाका भाइको संलग्नता रहेको खुलेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साले आज दिउँसो साढे १ बजे वीरगन्ज महानगरपालिका–५ रेशमकोठीस्थित श्रीगणेश अपार्टमेन्टको तेस्रो तल्लाको ३०३ नम्बर फ्लाटमा छापा मारेर २२ किलो ५७६ ग्राम सुन बरामद गरेको थियो। 

उक्त फ्लाट भारत पूर्वी चम्पारण हरैया निवासी अशोक सिन्हाको रहेको अनुसन्धानबाट खुलेको छ। अशोक बिहार विधानसभा निर्वाचनमा रक्सौलबाट बिजेपीका प्रत्यासी प्रमोदकुमार सिन्हाका भाइ रहेको भारतीय सञ्चारमाध्यम आजतक अनलाइनले बताएको छ। 

सुन तथा चाँदी लुकाइछिपाइ राखिएको भन्ने विशेष सूचनापछि प्रहरीले छापा मारेको थियो। जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गंगा पन्तले बरामद गरिएको सुनका विषयमा थप अनुसन्धान भइरहेको जानकारी दिइन्। 

फ्लाटमा लगाएको ताला तोडेर प्रहरीले छापा मारेको थियो। घरमा मानिस भने फेला परेनन्। प्रहरीका अनुसार लुकाएर राखिएको सुन भारत लैजाने तयारी थियो।

प्रकाशित: Oct 17, 2020| 15:05 शनिबार, कात्तिक १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।