आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोना संक्रमित राप्रपा अध्यक्ष थापाको स्वास्थ्य सुधारोन्मुख

कोरोना संक्रमित राप्रपा अध्यक्ष थापाको स्वास्थ्य सुधारोन्मुख

कोरोना भाइरस संक्रमणबाट उपचार गराइरहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाको स्वास्थ्य अवस्था सुधारोन्मख रहेको छ। 
 |  शनिबार, कात्तिक १, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १, २०७७

काठमाडौं- कोरोना भाइरस संक्रमणबाट उपचार गराइरहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाको स्वास्थ्य अवस्था सुधारोन्मख रहेको छ। 

गत बुधबार स्वास्थ्य समस्या देखिएका उनलाई पीसीआर परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो। काठमाडौंको ओम अस्पतालको आईसीयूमा उपचार गराइरहेका थापाको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्। 

उनको उपचारमा चिकित्सकहरु विश्वनाथ कोइराला, सुबोधकुमार ढकाल र प्रमेशसुन्दर श्रेष्ठको टोली खटिएको छ। 

अस्पतालका प्रबन्ध सञ्चालक बाबुकाजी कार्कीले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'अध्यक्ष थापाको ज्वरो नियन्त्रणमा आएको छ भने श्वासप्रश्वासमा समस्या देखिएको छैन। उहाँको अवस्था सुधारोन्मुख छ।'
 

प्रकाशित: Oct 17, 2020| 13:33 शनिबार, कात्तिक १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।