धनगढी- शिलालेखमा आफ्नो नाम नराखेको भन्दै कैलालीको घोडाघोडी नगरपालिकाकी उप–प्रमुखले विरोध गरेकी छन्।
घोडाघोडी नगरपालिका वडा नम्बर ७ को भवन उद्घाटन समारोहमा शिलालेखमा आफ्नो नाम नराखेको भन्दै उप–प्रमुख प्रेमकुमारी थापाले शिलालेखमा ढुङ्गाले हिर्काउँदै विरोध गरेकी हुन्।
नगर प्रमुख ममताप्रसाद चौधरीले वडा कार्यालयको भवन उद्घाटन गरेपछि शिलालेखमा आफ्नो नाम नराखेको भन्दै उप–प्रमुख प्रेमकुमारी थापाले शिलालेखमा ढुङ्गाले हानेकी हुन्।
शिलालेखमा उप-प्रमुख थापाले ढुङ्गा र मुक्का प्रहार गर्न थालेपछि नगर प्रमुख चौधरीले उनको हात समातेर रोकेका थिए।
उप-प्रमुख थापाले शिलालेखमा आफ्नो नाम राख्न आग्रह गर्दागर्दै पनि मेयर र प्रमुख प्रशासकीय अधिकृतले नराखेकोले विरोध गर्दै शिलालेखमा ढुङ्गा बजारेको स्वीकार गरिन्।
‘शिलालेखमा मेरो नाम राखेनन्, त्यसैको उपज आजको परस्थिति आएको हो,' उप-प्रमुख थापानले भनिन्, 'मेयर र प्रमुख प्रशासकीय अधिकृतले मलाई बाइपास गर्न खोजे।’
