आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • घटस्थापनामा सशस्त्रप्रहरीद्वारा वेलकम पार्क सरसफाइ

घटस्थापनामा सशस्त्रप्रहरीद्वारा वेलकम पार्क सरसफाइ

दसैंको अवसरमा सशस्त्र प्रहरी बल ३५ नम्बर गुल्मले पाल्पाको धुवाघाटस्थित वेलकम पार्क सरसफाई गरेको छ।
 |  शनिबार, कात्तिक १, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १, २०७७

भैरहवा– आजदेखि दसै पर्व सुरु भएको छ।  दसैंको अवसरमा सशस्त्र प्रहरी बल ३५ नम्बर गुल्मले पाल्पाको धुवाघाटस्थित वेलकम पार्क सरसफाइ गरेको छ।

शनिबार बिहानै सशस्त्रका डीएसपी अरुणकुमार सिंह , सशस्त्र प्रहरी निरीक्षक धर्मबहादुर थापासहित ६० जनाको टोली स्थानीयको सहकार्यमा सरसफाइमा जुटेको हो। 

सशस्त्र प्रहरी बल  ३५ नम्बर गुल्मका प्रमुख डीएसपी सिंहले भने, ‘चाडपर्वको बेला सशस्त्रको टोली सरसफाइमा खटिएको हो। अघिल्लो हप्ता चन्डि मन्दिरमा सफाई गरेका थियौँ, यो हप्ता वेलकम पार्क।’ 

 ५ रोपनीको यो पार्कमा स्थानीय लिलाबहादुर कार्किको स्मृतिमा उनका नातिहरुले  विभिन्न संरचना बनाएको स्थानीय कपिल कार्कीले बताए।  

प्रकाशित: Oct 17, 2020| 03:15 शनिबार, कात्तिक १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।