आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भक्तपुरमा पनि अर्को सूचना नभएसम्म सरकारी सेवा स्थगित

भक्तपुरमा पनि अर्को सूचना नभएसम्म सरकारी सेवा स्थगित

 भक्तपुरभित्रका सबै सरकारी कार्यालयमा अत्यावश्यकबाहेकका सेवा अनिश्चितकालका लागि स्थगित गरिएको छ
 |  शुक्रबार, असोज ३०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ३०, २०७७

काठमाडौं- भक्तपुरभित्रका सबै सरकारी कार्यालयमा अत्यावश्यकबाहेकका सेवा अनिश्चितकालका लागि स्थगित गरिएको छ। 

जिल्लामा कोरोना भाइरस संक्रमण तीव्र रुपमा फैलन थालेपछि अत्यावश्यकबाहेक अन्य सरकारी सेवा स्थगित गरिएको हो। 

जिल्ला प्रशासन कार्यालयले जिल्लाभित्रका सम्पूर्ण कार्यालयलाई शुक्रबार परिपत्र गरी सेवा स्थगित गर्न अनुरोध गरेको हो। 

पत्रमा उल्लेख छ, 'जिल्लामा हाल एक हजार ८८४ जनामा कोरोना भाइरस संक्रमित भएकाले जिल्लाभित्रका सम्पूर्ण सरकारी कार्यालयमा हुने गरेका अति आवश्यक सेवाबाहेक अन्य सेवा अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गर्ने भनी निर्णय भएकाले निर्णयअनुसार गर्न गराउन अनुरोध छ।'

भक्तपुरमा शुक्रबारमात्र कोरोना संक्रमणबाट पाँच जनाको मृत्यु भएको छ। योसहित जिल्लामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ।

 जिल्ला प्रशासन कार्यालय ललितपुरले पनि आइतबारदेखि अत्यावश्यकबाहेक सबै सेवा बन्द गर्ने निर्णय गरेको थियो।
 

प्रकाशित: Oct 16, 2020| 18:07 शुक्रबार, असोज ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।