आइतबार, भदौ १४, २०८३

प्रदेश १ मा ४६८ कोरोना संक्रमित थपिए

मोरङमा २०७, सुनसरीमा २००, झापामा २९, तेह्रथुममा सात, उदयपुरमा चार, इलाममा तीन, धनकुटा र संखुवासभामा दुई–दुई, भोजपुर र ताप्लेजुङमा एकएक र प्रदेश १ बाहिरका १२ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। 
 |  शुक्रबार, असोज ३०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ३०, २०७७

विराटनगर– पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४६८ कोरोना संक्रमित थपिएका छन्।

मोरङमा २०७, सुनसरीमा २००, झापामा २९, तेह्रथुममा सात, उदयपुरमा चार, इलाममा तीन, धनकुटा र संखुवासभामा दुई–दुई, भोजपुर र ताप्लेजुङमा एकएक र प्रदेश १ बाहिरका १२ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। 

विराटनगरमा आज १३४ जनामा संक्रमण देखिएको छ। तीमध्ये ४९ महिला र ८५ पुरुष छन्। 

सुन्दरहरैंचामा १३, उर्लाबारीमा १२, बेलबारीमा ११, पथरीशनिश्चरेमा सात, ग्रामथानमा पाँच, केराबारीमा तीन, बुढीगंगा, लेटाङ, कानेपोखरी र धनपालथानमा दुई–दुई, कटहरी, रंगेली र रतुवामाईमा एकएक र स्थानीय तह नखुलेका ११ जनाको रिपोर्ट पोजेटिभ आएको छ। 

सुनसरीको धरानमा १०८, इटहरीमा ६५, दुहबीमा ६, बराहक्षेत्रमा पाँच, बर्जु र रामधुनीमा तीन–तीन, गढी र इनरुवामा दुई–दुई, देवानगन्ज र कोसी गाउँपालिकामा एक–एक र स्थानीय तह नखुलेका चार जनामा संक्रमण देखिएको छ।

झापाको बिर्तामोडमा आठ, भद्रपुरमा ६, दमकमा चार, अर्जुनधारामा तीन, बुद्धशान्ति र गौरादहमा दुई–दुई, शिवसताक्षी, कनकाई, कमल गाउँपालिका र स्थानीय तह नखुलेका एक–एकजनामा संक्रमण भएको छ।

तेह्रथुमको म्याङलुङमा दुई, लालीगुराँसमा एक, स्थानीय तह नखुलेका चार जना संक्रमित भएका छन्।  उदयपुरको त्रियुगामा तीन र बेलकामा एकजना संक्रमित थपिएका छन् भने इलामको माई, देउमाई र स्थानीय तह नखुलेका एक–एक जनामा संक्रमण भएको छ।

धनकुटामा दुई, संखुवासभाको खाँदबारी र सभापोखरीमा एक–एक, भोजुरको षडानन्दमा एक, ताप्लेजुङको आठराई त्रिवेणीमा एक र प्रदेश १ बाहिरका १२ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयको विवरणमा छ। 

प्रदेश १ मा कोरोना संक्रमितको संख्या १२ हजार ७०२ पुगेको छ।

प्रदेश १ मा शुक्रबार २२१ जना डिस्चार्ज भएका छन्। होम आइसोलेसनबाट २०९ र न्युरो अस्पतालबाट १२ जना डिस्चार्ज भएका हुन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ५ हजार ५६१ पुगेको छ।

प्रदेश १ मा शुक्रबार एक हजार ४४५ जनाको पीसीआर परीक्षण गरिएको छ। परीक्षण गरिएकामध्ये १६४ महिला र ३०४ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो। हालसम्म एक लाख ४३ हजार ९३३ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। 

प्रकाशित: Oct 16, 2020| 13:32 शुक्रबार, असोज ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।