आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोना संक्रमित घरबाहिर निस्किए प्रहरीलाई खबर गर्न आग्रह

कोरोना संक्रमित घरबाहिर निस्किए प्रहरीलाई खबर गर्न आग्रह

सरकारले आइसोलेसनमा रहेका कोरोना संक्रमित व्यक्ति घरबाहिर निस्किएमा प्रहरीलाई खबर गर्न आग्रह गरेको छ। 
 |  शुक्रबार, असोज ३०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ३०, २०७७

काठमाडौं– सरकारले आइसोलेसनमा रहेका कोरोना संक्रमित व्यक्ति घरबाहिर निस्किएमा प्रहरीलाई खबर गर्न आग्रह गरेको छ। 

यस्तै कोरोना भाइरस परीक्षणका लागि स्वाब दिएका व्यक्तिहरूलाई रिपोर्ट नआएसम्म घरमै रहन सरकारले निर्देशन दिएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता जागेश्वर गौतमले आइसोलेसन वा क्वारेन्टिनमा रहेका व्यक्ति घरबाहिर निस्किएमा प्रहरीलाई खबर गर्न वा मन्त्रालयको टोल फ्री नम्बर ११३३ र  १११५ मा खबर गर्न आग्रह गरेका हुन्।

उनले टोलमा कुनै नयाँ मानिस आएमा एक सातासम्म क्वारेन्टिनमा बस्ने व्यवस्था मिलाउन आग्रह गरेका छन्। चाडपर्वका बेलामा  गाउँमा धेरै मानिस आउने भएकाले ती व्यक्तिलाई कम्तिमा एक साता क्वारेन्टिनमा राख्न अनुरोध गरिएको गौतमले बताए। 

चाडपर्वको समयमा विशेष छुटको बजार सञ्चालन हुँदा भीडभाड बढेकाले त्यसलाई नियन्त्रण गर्न र त्यस्ता भीडभाडमा नजान मन्त्रालयले आग्रह गरेको छ। 
 

प्रकाशित: Oct 16, 2020| 11:45 शुक्रबार, असोज ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।