आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ‘बलात्कारी संगठन’ नामको फेसबुक ग्रुप चलाउने एक जना पक्राउ

‘बलात्कारी संगठन’ नामको फेसबुक ग्रुप चलाउने एक जना पक्राउ

नेपाल प्रहरीको साइबर ब्यूरोले बलात्कारी संगठन नामक फेसबुक पेज तथा ग्रुप सञ्चालन गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ। 
 |  शुक्रबार, असोज ३०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ३०, २०७७

काठमाडौं– नेपाल प्रहरीको साइबर ब्यूरोले बलात्कारी संगठन नामक फेसबुक पेज तथा ग्रुप सञ्चालन गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ। 

जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वको सहयोगमा कावासोतीबाट प्युठान झिमरुक गाउँपालिका ७ घर भई हाल कावासोती नगरपालिका १६ बस्ने १९  वर्षीय नविन बस्नेतलाई पक्राउ गरेको हो।

बलात्कारजस्तो जघन्य अपराध गर्न दुरुत्साहन गर्ने तवरले सामाजिक सञ्जालमा अश्लिल, आपत्तिजनक सामग्री पोष्ट गर्ने, प्रतिक्रिया जनाउने व्यक्ति पक्राउ गरिएको साइबर ब्यूरोका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले जानकारी दिए।

सामाजिक सञ्जालमार्फत सामाजिक सद्भाव, शिष्टाचार विरुद्धको सामग्री पोष्ट गर्ने, प्रतिक्रिया जनाउने लगायतका कार्य गरी विद्युतिय कारोबार ऐन, २०६३ को दफा ४७ को उपदफा(१) बमोजिम कसुर गरेको भन्दै प्रहरीले पक्राउ गरेको हो।

उनलाई कावासोतीबाट काठमाडौं ल्याइँदैछ। ब्यूरोले यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रकाशित: Oct 16, 2020| 10:47 शुक्रबार, असोज ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।