आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • नेपालमा बीएमडब्ल्यू गाडीको बिक्री सुरु, मूल्य दुई करोडमाथि 

नेपालमा बीएमडब्ल्यू गाडीको बिक्री सुरु, मूल्य दुई करोडमाथि 

लक्जरियस जर्मन गाडी बीएमडब्ल्यूको नेपालमा विक्री सुरु भएको छ। 
 |  शुक्रबार, असोज ३०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ३०, २०७७

काठमाडौं– लक्जरियस जर्मन गाडी बीएमडब्ल्यूको नेपालमा बिक्री सुरु भएको छ। 

हुन्डाई गाडी बिक्री गर्दै आएको लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी इन्टरकन्टिनेन्टल बीएमडब्ल्यूको आधिकारिक विक्रेता हो। 

कम्पनीले बीएमडब्ल्यू एक्स वन, एक्स टु, एक्स थ्री, एक्स फाइभ गरेर चार भेरियन्टको गाडी नेपाल भित्र्याएको हो। यी गाडीको मूल्य दुई करोडदेखि सुरु हुने कम्पनीले जनाएको छ। 

पहिलो चरणमा यी चार भेरियन्टका १२ गाडी नेपाल ल्याइएको छ। 

लक्ष्मी इन्टरकन्टिनेन्टलले बिएमडब्लूको विभिन्न सिरिजको ६ वटा गाडी बुकिङ समेत भइसकेको जनाएको छ। 

बीएमडब्ल्यू बिक्रीका लागि लक्ष्मी इन्टरकन्टिनेन्टलले तीनकुनेमा ‘थ्रिएस’ अर्थात् सेल्स, सर्भिस, स्पेयर पार्ट्ससहितको शोरुम सञ्चालनमा ल्याएको छ। 

लक्जरियर गाडीमा ग्राहकको इच्छाअनुसार फिचर प्रयोग गर्न सकिन्छ।  लक्ष्मी इन्टरकन्टिनेन्टलले पनि इन्टेरियर, एक्स्टेरियरदेखि रंग र डिजाइनसमेत अर्डर गर्न सकिने जनाएको छ। अर्डरको पाँच महिनाभित्र गाडी उपलब्ध गराउने कम्पनीको भनाइ छ। 
 

प्रकाशित: Oct 16, 2020| 09:41 शुक्रबार, असोज ३०, २०७७
प्रतिक्रिया दिनुहोस्