आइतबार, भदौ १४, २०८३

सानिमा जनरल इन्स्योरेन्सको आईपीओ बाँडफाँट

सानिमा जनरल इन्स्योरेन्स कम्पनीको आईपीओ दुई लाख ७३ हजारलाई प्रति व्यक्ति १० कित्ताका दरले वितरण गरिएको छ।
 |  शुक्रबार, असोज ३०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ३०, २०७७

काठमाडौं– सानिमा जनरल इन्स्योरेन्स कम्पनीको आईपीओ दुई लाख ७३ हजारलाई प्रतिव्यक्ति १० कित्ताका दरले वितरण गरिएको छ। आईपीओ बाँडफाँट शुक्रबार गरिएको हो। आईपीओमा आठ लाख ६६ हजार ९०५ जनाले आवेदन दिएका थिए।

आवेदन दिएकामध्ये तीन हजार ३६० जनाको रद्द भएको छ भने पाँच लाख ९० हजार ५४५ जनाले पाएका छैनन्। कम्पनीले सर्वसाधारणका लागि २७ लाख ३० हजार कित्ता सेयर बिक्री गरेको हो।  

कुल ३० लाख कित्तामध्ये एक लाख २० हजार कित्ता कम्पनीका कर्मचारीका लागि र एक लाख ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याई बाँकी रहेको २७ लाख ३० हजार कित्तामा सर्वसाधारणले आवेदन दिएको कम्पनीका बिक्री प्रबन्धक एनआईसी एसियाले जनाएको छ।
 

प्रकाशित: Oct 16, 2020| 07:35 शुक्रबार, असोज ३०, २०७७
प्रतिक्रिया दिनुहोस्