शुक्रबार, फागुन २९, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • कोरोनाको दोस्रो लहर देखिएपछि फ्रान्समा शनिबारदेखि कर्फ्यु

कोरोनाको दोस्रो लहर देखिएपछि फ्रान्समा शनिबारदेखि कर्फ्यु

फ्रान्समा लगभग नियन्त्रणमा आइसकेको कोरोना महामारी पुनः बल्झिएको छ। हिजो बिहीबार एकै दिन त्यहाँ ३० हजार ६ सयभन्दा बढी संक्रमित थपिएका छन्। २८६ जनाको मृत्यु भएको छ। अस्ति बुधबार साढे २२ हजार थपिएका थिए। 
 |  शुक्रबार, असोज ३०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ३०, २०७७

National life
Laxmi sunrise bank
kumari

फ्रान्समा लगभग नियन्त्रणमा आइसकेको कोरोना महामारी पुनः बल्झिएको छ। हिजो बिहीबार एकै दिन त्यहाँ ३० हजार ६ सयभन्दा बढी संक्रमित थपिएका छन्। २८६ जनाको मृत्यु भएको छ। अस्ति बुधबार साढे २२ हजार थपिएका थिए। 

सरकारले राजधानी पेरिससहित ९ वटा सहरमा यही शनिबार रातिदेखि कर्फ्यु लगाउने घोषणा गरेको छ। मानिसको ज्यान बचाउने हो भने आवतजावतमा सख्त प्रतिबन्ध लगाउनुपर्ने विश्व स्वास्थ्य संगठनले बताएपछि फ्रान्सले यो कदम चालेको हो। 

युरोपमा कोरोनाको दोस्रो लहर सुरु भएसँगै कडा प्रतिबन्धहरु लगाउन थालिएको छ। शनिबारदेखि लण्डनमा इनडोर सामाजिक कार्यक्रममा पनि प्रतिबन्ध लगाइएको छ। 
 

प्रकाशित: Oct 16, 2020| 00:00 शुक्रबार, असोज ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।