आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रधानमन्त्रीले नवनियुक्त मन्त्रीहरुलाई भने- नतिजा देखिने गरेर काम गर्नुस्

प्रधानमन्त्रीले नवनियुक्त मन्त्रीहरुलाई भने- नतिजा देखिने गरेर काम गर्नुस्

प्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्त मन्त्रीहरुलाई नतिजा देखिने गरी काम गर्न निर्देशन दिएका छन्।
 |  बिहीबार, असोज २९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २९, २०७७

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्त मन्त्रीहरुलाई नतिजा देखिने गरी काम गर्न निर्देशन दिएका छन्।

बिहीबार नवनियुक्त मन्त्रीहरुले सपथ तथा पदभार ग्रहण गरेपछि बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले नवनियुक्त मन्त्रीहरुलाई यस्तो निर्देशन दिएका हुन्।

‘नमुना बन्ने गरेर काम गर्नुस्। मलाई आशा छ राम्रो गर्नुहुन्छ भन्ने,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै एक नवनियुक्त मन्त्रीले भने। बुधबार प्रधानमन्त्रीले मन्त्रिमण्डल पुनर्गठन गरेपछि आज पहिलोपटक मन्त्रिपरिषद्को बैठक बसेको हो। 

आजको बैठकमा प्रधानमन्त्रीले प्रभावकारी हिसाबले देखिने गरेर काम गर्न सबै मन्त्रीहरुलाई निर्देशन दिएका थिए। 
पार्टीभित्र देखिएको पछिल्लो राजनीतिक विवादका बारेमा पनि बिफ्रिङ गरेका प्रधानमन्त्री ओलीले बाहिरी राजनीतिक विवादबाट मन्त्रिपरिषद् मुक्त रहेको प्रष्ट्याएका थिए।

ओलीले एकलौटी रुपमा बुधबार मन्त्रिपरिषद् पुनर्गठन गरेको भन्दै कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहित पार्टीका वरिष्ठ नेताहरुले असन्तुष्टि व्यक्त गरेका बेला उनले मन्त्रीहरुलाई यसबारेमा प्रष्ट पारेका हुन्।

ओलीले बुधबार रिक्त रहेका तीनवटा मन्त्रालयमा मन्त्री हेरफेर गरेका थिए। नेकपाका महासचिव विष्णु पौडेललाई अर्थ मन्त्री, कृष्णगोपाल श्रेष्ठलाई सहरी विकास मन्त्री र महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी तोकेका थिए। 

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी लिला श्रेष्ठलाई दिइएको छ। उपप्रधानमन्त्रीसमेत रहेका रक्षामन्त्री ईश्वर पोखरेललाई रक्षाबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सारिएको छ। 

प्रधानमन्त्री ओलीले रक्षा मन्त्रालय भने आफू मातहत नै राखेका छन्। 

नेकपाभित्र मन्त्रिपरिषद् पुनर्गठनको विषयमा दुईअध्यक्षबीच छलफल चलिरहेकै बेला ओलीले बुधबार पुनर्गठन गरेका थिए। यस विषयले पार्टीमा पुनः विवाद शुरु हुने देखिएको छ।

प्रकाशित: Oct 15, 2020| 14:56 बिहीबार, असोज २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।