काठमाडौं– नेपालमा आजसम्म ८४ हजार ५१८ कोरोना भाइरस संक्रमणमुक्त भएका छन्। यो कुल संक्रमितको ६९.४ प्रतिशत हो।
संक्रमितको कुल संख्या १ लाख २१ हजार ७४५ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज निको हुनेको संख्या तीन हजार ५६४ छ।
आज सम्म प्रदेश १ बाट सात हजार १७४, प्रदेश २ बाट पाँच हजार २३८, बागमती प्रदेशबाट ३४ हजार ९३८ र गण्डकी प्रदेशबाट चार हजार ४५४ जना कोरोनामुक्त भएका छन्।
यस्तै लुम्बिनीबाट ११ हजार १९१, कर्णालीबाट तीन हजार ५९० र सुदूरपश्चिम प्रदेशबाट सात हजवार ८८७ जना कोरोनामुक्त भएका छन्।
देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ५३३ रहेको मन्त्रालयको विवरणमा उल्लेख छ।