आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • संक्रमितलाई लोकसेवाको परीक्षामा नरोक्न सर्वोच्चको आदेश

संक्रमितलाई लोकसेवाको परीक्षामा नरोक्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले लोकसेवा आयोगलाई परीक्षा सञ्चालन सम्बन्धी मापदण्ड २०७७ कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ।
 |  बिहीबार, असोज २९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २९, २०७७

काठमाडौं– सर्वोच्च अदालतले लोकसेवा आयोगलाई परीक्षा सञ्चालन सम्बन्धी मापदण्ड २०७७ कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ।

आयोगले जारी गरेको मापदण्डमा कोरोना संक्रमित प्रतिस्पर्धी परीक्षामा सहभागी हुन नपाउने व्यवस्था गरेको छ। त्यसविरुद्ध परेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले यस्तो आदेश दिएको हो। 

आदेशमा उल्लेख छ, ‘सम्पूर्ण परीक्षार्थी तथा कर्मचारीलाई अपूरणीय क्षति हुने हुँदा सुविधा सन्तुलनको दृष्टिकोणले समेत प्रस्तुत निवेदनको अन्तिम टुंगो नलागेसम्म लोक सेवा आयोगले जारी गरेको संक्रमणको विशेष अवस्थामा परीक्षा (सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७७ को बुँदा ८९१) को कार्यान्वयन नगर्न नगराउन तथा सबै परीक्षार्थीलाई र परीक्षा लिने वा व्यवस्थापनमा संलग्न हुने व्यक्तिले सुरक्षित तरिकाले परीक्षा लिने र परीक्षा व्यवस्थापन गर्ने वातावरण निर्माण गर्ने गर्नु तथा स्वघोषित संक्रमित व्यक्तिलाई निजको गोपनीयता र आत्मसम्मानको संरक्षण गर्दै आवश्यक वैकल्पिक सुरक्षित व्यवस्थासहित परीक्षा सञ्चालन गर्न व्यवस्था गर्न भनी आन्तरिम आदेश जारी गरिदिएको छ।’

सर्वोच्चले आदेश कार्यान्वयनका लागि यसको जानकारी महान्यायाधिवक्ताको कार्यालयमार्फत विपक्षीलाई दिन पनि आदेश दिएको छ। अधिवक्ताहरु शैलेन्द्र हरिजन र प्रवीनकुमार यादवले रिट दायर गरेका थिए। 

प्रकाशित: Oct 15, 2020| 11:30 बिहीबार, असोज २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।