आइतबार, भदौ १४, २०८३

ग्यास विस्फोटमा घाइते महिलाको मृत्यु

लिक भएको ग्यास बाल्दा भएको विस्फोटमा परी गम्भीर घाइते भएकी धनगढी उप–महानगरपालिका वडा नम्बर ८ की ६५ वर्षीया बिर्मादेवी बिष्टको मृत्यु भएको प्रहरीले जनाएको छ।
 |  बिहीबार, असोज २९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २९, २०७७

धनगढी– धनगढीमा ग्यास विस्फोटमा परेर गम्भीर घाइते महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।

लिक भएको ग्यास बाल्दा भएको विस्फोटमा परी गम्भीर घाइते भएकी धनगढी उप–महानगरपालिका वडा नम्बर ८ की ६५ वर्षीया बिर्मादेवी बिष्टको मृत्यु भएको प्रहरीले जनाएको छ।   

बुधबार बिहान लिक भएको ग्यास बाल्दा खोज्दा बिस्फोट भएर बिष्ट घाइते भएकी थिइन्। जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बिर्माको उपचारका क्रममा काठमाडौँमा मृत्यु भएको बताए। 

ग्यास विस्फोटमा परेर घाइते भएका उनका पति  हरिलाल बिष्ट र नातिनीको अवस्था भने खतरामुक्त रहेको छ। उनीहरुलाई उपचारका लागि काठमाडौं लगिएको छ। 

प्रहरी नायब उपरीक्षक बिष्टका अनुसार पर्याप्त हावा ओहोरदोहर नहुने कोठामा ग्यास लिक भएकै अवस्थामा बाल्दा विस्फोट भएको पाइएको बताए। 

प्रकाशित: Oct 15, 2020| 10:50 बिहीबार, असोज २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।