काठमाडौं– आज बिहीबार काठमाडौं उपत्यकामा १९ सय ३५ जना कोरोना संक्रमित थपिएका छन्।
पछिल्लो २४ घण्टामा भएको पीसीआर परीक्षणमा काठमाडौंका १६ सय ९२, भक्तपुरमा १३४ र ललितपुरका १०८ जनामा संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा देशभर १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै मृतकको कुल संख्या ६९४ पुगेको छ।
देशभर ३७ सय ४९ जना संक्रमित थपिएका छन् भने ३५ सय ६४ जना संक्रमणमुक्त भएका छन्।
सक्रिय संक्रमित¬– ३६,५३३
संस्थागत आइसोलेसनमा– १२,३३९
होम आइसोलेसनमा– २४,१९४
आईसीयूमा– ३१४
भेन्टिलेटरमा–¬ ६८