आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • खुमलटारमा दाहालले गरे मुख्यमन्त्री शाहीसहितका नेताहरुसँग छलफल

खुमलटारमा दाहालले गरे मुख्यमन्त्री शाहीसहितका नेताहरुसँग छलफल

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित आफू निकटका नेताहरुसँग खुमलटारमा छुट्टै छलफल गरेका छन्।
 |  बिहीबार, असोज २९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २९, २०७७

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित आफू निकटका नेताहरुसँग खुमलटारमा छुट्टै छलफल गरेका छन्।

शाहीविरुद्ध १८ जना सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएपछि कर्णाली प्रदेशमा विवाद चुलिएको छ। 

विवाद समाधान गर्न नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच छलफल भएको थियो। दुवै अध्यक्षले कर्णालीका पदाधिकारीहरुसँग छलफल गर्ने भनेपछि त्यहाँका पदाधिकारीहरु काठमाडौं आइसकेका छन्।

तर, संयुक्त रुपमा छलफल अहिलेसम्म हुन सकेको छैन। दाहालले वरिष्ठ नेता माधवकुमार नेपाल समेतको उपस्थितिमा आज खुमलटारमा त्यहाँको वस्तुस्थितिका विषयमा छलफल गरेका थिए। 

दाहालसँगको छलफलमा शाहीविरूद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने प्रधानमन्त्री केपी शर्मा ओली निकटका सांसदहरु भने सहभागी थिएनन्। 

खुमलटारमा भएको छलफलपछि दाहालले प्रधानमन्त्रीसँग कुरा गरेर संयुक्त छलफलमा बोलाउने बताएका छन्। 

कर्णाली प्रदेशका सांसद एवम् प्रमुख सचेतक गुलाबजंग शाहले आफूहरु काठमाडौैं आइसकेको र संयुक्त छलफल सम्भवतः भोलि हुने जानकारी दिए। 

प्रकाशित: Oct 15, 2020| 09:40 बिहीबार, असोज २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।