भैरहवा- लुम्बिनी विकास कोषका नवनियुक्त सदस्यसचिव सानुराजा शाक्यले ४२ वर्षदेखि चालू अवस्थामा रहेको लुम्बिनी गुरुयोजनाको काम छिटो सक्नेगरी आफूले काम अगाडि बढाउने बताएका छन्।
शाक्यले बुधबार पदभार ग्रहण गर्दै भने, लुम्बिनी गुरुयोजना समयमै सक्ने र स्मार्ट लुम्बिनीको काम अगाडि बढाउनेछु। सदस्यसचिव शाक्यले सबैको एकता र सहकार्यले नै लुम्बिनीमा प्रभावकारी काम हुने पनि बताए।
सो अवसरमा लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेतैयाले लुम्बिनी गुरुयोजना छिटै सक्नेगरी काम अगाडि बढेको बताए।
विगत ९ महिनादेखि कामु सदस्य सचिवको जिम्मेवारी निर्वाह गरिरहेका ज्ञानिन राईले लुम्बिनी गुरुयोजना समयमै सम्पन्न गर्न र बृहतर लुम्बिनीको काम अगाडि बढाउन सबैको सहकार्य जरुरी रहेको बताए।