काठमाडौं– काठमाडौंको सोह्रखुट्टेस्थित नयाँ बजारको फलफूल चोकमा रहेको एक घरमा खाना पकाउने ग्यास विस्फोट हुँदा ११ जना घाइते भएका छन्।
स्थानीय निलकुमारी श्रेत्रीको घरमा ग्यास विस्फोट भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठोरले जानकारी दिए।
घाइतेहरुको पिपुल्स र मनमोहन अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
विस्फोटका कारण घरको अधिकांश भागमा समेत क्षति पुगेको छ। क्षतिको विवरण अझै यकिन भइसकेको छैन। विस्फोट ग्यास लिक भएका कारणले हो वा अन्य कारणले भन्ने खुलिसकेको छैन।