काठमाडौं- हिजो बुधबार नियुक्त भएका तीन जना मन्त्रीले आज पद तथा गोपनियताको शपथ लिएका छन्।
संवैधानिक व्यवस्थाभएअनुसार तीनै जना मन्त्रीलाई राष्ट्रपति विद्यादेवि भण्डारीले पद तथा गोपनीयताको शपथ गराएकी छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार पार्टीका महासचिवसमेत रहेका विष्णु पौडेललाई अर्थमन्त्री नियुक्त गरेका थिए।
त्यस्तै, सहरी विकास मन्त्रीमा नेकपाका सांसद कृष्णगोपाल श्रेष्ठ र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा लिलानाथ श्रेष्ठलाई नियुक्त गरेका थिए।