आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बालकले सामाजिक सञ्जालमा पोस्ट गरेको तस्बिरका आधारमा ११ जना पक्राउ

बालकले सामाजिक सञ्जालमा पोस्ट गरेको तस्बिरका आधारमा ११ जना पक्राउ

अभिभावककको मोबाइल फोन चलाउँदै बालकले सामाजिक सञ्जालमा पोष्ट गरेको तस्बिरका आधारमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ। 
 |  बिहीबार, असोज २९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २९, २०७७

बागलुङ- अभिभावककको मोबाइल फोन चलाउँदै बालकले सामाजिक सञ्जालमा पोष्ट गरेको तस्बिरका आधारमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ। 

बालकले पोष्ट गरेको भरुवा बन्दुकको उक्त तस्बिर प्रहरीको आँखामा परेपछि बागलुङमा ११ थान बन्दुकसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको हो। 

पश्चिम बागलुङको तमानखोला गाउँपालिका २ बाट बन्दुकसहित ११ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। सामाजिक सञ्जालमा बन्दुकको तस्बिर देखेपछि इलाका प्रहरी कार्यालय बुर्तिबाङले मंगलबार रातभर खानतलासी गरेको थियो।

प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारी नेतृत्वको प्रहरी टोलीले बन्दुकसहित नियन्त्रणमा लिएको हो। उनीहको  बयानका आधारमा गाउँमा थप बन्दुकहरू लुकाईछिपाई राखेको आशंकमा खानतलासी गरिरहेको छ। 

बुधबार साँझसम्म पनि खानतलासी र भेटिएका बन्दुकहरूको मुचुल्काको काम नसकिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।

‘मुचुल्का हुँदैछ नाम आइसकेको छैन्, भेटिएको ठाउँमा फोन लाग्दैन्,’ प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले भने, ‘सङ्ख्या बढ्न सक्छ, अहिलेलाई अनौपचारिक रुपमा ११ जना नियन्त्रणमा आएको खबर छ।’ 

बिना इजाजत राखिएका बन्दुकसहित उनीहरुलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय बुर्तिबाङ ल्याउने तयारी भैरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Oct 15, 2020| 02:16 बिहीबार, असोज २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।