आइतबार, भदौ १४, २०८३

विराटनगरमा तीन कोराना संक्रमितको मृत्यु

मृत्यु हुनेमा विराटनगर महानगरपालिका ४ का ५० वर्षीय र सुनसरीको धरान उपमहानगरपालिका १५ का ६६ वर्षीय पुरुष रहेका छन् भने मोरङको सुन्दरहरैँचा नगरपालिका ५ की ४० वर्षीया एक महिला छन्।
 |  बिहीबार, असोज २९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २९, २०७७

विराटनगर- विराटनगरमा तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ। 

कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत दुई जना र विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा एक जनाको मृत्यु भएको हो। 

मृत्यु हुनेमा विराटनगर महानगरपालिका ४ का ५० वर्षीय र सुनसरीको धरान उपमहानगरपालिका १५ का ६६ वर्षीय पुरुष रहेका छन् भने मोरङको सुन्दरहरैँचा नगरपालिका ५ की ४० वर्षीया एक महिला छन्।
 
विराटनगरका पुरुषलाई पीसीआर परीक्षण गराउँदा असोज २१ गते रिपोर्ट पोजेटिभ आएको उपचार केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले बताए। विराटनगरका पुरुषको बिहीबार बिहान साढे ३ बजेतिर मृत्यु भएको बस्नेतले बताए।  
 
गत सोमबार कोरोना पुष्टि भए पनि होम आइसोलेसनमा रहेका धरानका पुरुषलाई श्वासप्रश्वासको समस्या बढेपछि उपचारका लागि बुधबार कोभिड अस्पताल भर्ना गरिएको थियो। उनको उपचारकै क्रममा बुधबार राति ९ बजेतिर मृत्यु भएको जानकारी बस्नेतले दिए । 

मृतकमा मधुमेह, उच्च रक्तचाप लगायतका स्वास्थ्य सम्बन्धी पुरानै समस्या रहेको उनको भनाइ छ। 
 
विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा मोरङको सुन्दरहरैँचा नगरपालिका ५ की ४० वर्षीया महिलाको बुधबार साँझ ७ बजेतिर मृत्यु भएको हो। 

मुटु सम्बन्धी समस्या भएर उपचारका लागि गत मंगलबार उनलाई विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा भर्ना गरिएको थियो। 

श्वासप्रश्वासको समेत समस्या देखिएपछि  स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा त्यही दिन रिपोर्ट पोजेटिभ आएको थियो।

उनलाई थप उपचारका लागि कोभिड अस्पताल नलगिकन नर्सिङ होमले दुई दिनसम्म अस्पतालमै राखेको थियो। 

मोरङको बूढीगंगामा विराट नसिंङ होमले संक्रमितको उपचारका लागि आइसोलेसन सञ्चालन गरेको छ। तर उपचारका लागि आउने अरु बिरामीमा नै संक्रमण फैलनसक्ने जोखिम हुँदाहुँदै थप उपचारका लागि नलगिकन संक्रमित नसिंङ होममै राखिएको थियो। 

कोभिड अस्पतालको अइसोलेसनमा नलगिकन अस्पतालकै लापरबाहीका कारण महिलाको ज्यान गएको गुनासो आफन्तले गरेका छन्। 
 
 

प्रकाशित: Oct 15, 2020| 04:34 बिहीबार, असोज २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।