आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सेती अस्पतालमा कोरोना संक्रमितको चाप,  जनशक्ति भने अभाव

सेती अस्पतालमा कोरोना संक्रमितको चाप,  जनशक्ति भने अभाव

कोरोना भाइरस सङ्क्रमित भएका जटिल अवस्थाका  बिरामी बढ्दै गएको बेला सेती प्रादेशिक अस्पताल धनगढीमा जनशक्तिको अभाव हुन थालेको छ  
 |  बिहीबार, असोज २९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २९, २०७७

धनगढी- कोरोना भाइरस सङ्क्रमित भएका जटिल अवस्थाका  बिरामी बढ्दै गएको बेला सेती प्रादेशिक अस्पताल धनगढीमा जनशक्तिको अभाव हुन थालेको छ।   

अस्पतालको कोभिड–१९ उपचार विभागका प्रमुख डा शेरबहादुर कमरले बिरामीलाई अक्सिजन दिने, भेन्टिलेर मेसिन सञ्चालन गर्ने, बेहोस गर्नेलगायतको उपचार व्यवस्थापनमा खटिनुपर्ने एनेस्थेसिया चिकित्सकको अभाव भएको बताए। 

‘अस्पतालमा बेहोस गराउने एक जना मात्र चिकित्सक कार्यरत रहनु भएकोमा केही दिन यता थप एक जना एनेस्थेसिया चिकित्सक आउनुभएको छ,’ उनले भने, ‘जटिल अवस्थाका बिरामी थप बढ्दै जाँदा उपचार व्यवस्थापनमा समस्या भइरहेको छ।’

अस्पतालमा १० आइसियु (सघन उपचार कक्ष) र १० वटा भेन्टिलेटरको व्यवस्थापन गरिएको छ। जटिल अवस्थाका बिरामी बढ्दा आइसियु भेन्टिलेटरको पनि अभाव हुने अस्पतालले जनाएको छ। 

अस्पतालको कोरोना अस्थायी अस्पतालमा हाल आइसियुमा पाँच जना र भेन्टिलेटरमा तीन जना कोरोना सङ्क्रमितको उपचार व्यवस्थापन भइरहेको छ। आइसोलेसनमा ३६ जनाको उपचार व्यवस्थापन भइरहेको छ।

डा कमरले पछिल्ला दिनमा समुदायमा कोरोना सङ्क्रमण फैलिँदा पनि सर्वसाधारणबाट तोकिएको स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न भइरहेको लापरवाहीका कारणसङ्क्रमण दर बढ्दै गएको बताए। 

कर्मचारीमा कोरोना भाइरसको सङ्क्रमण देखिन थालेपछि कैलाली जिल्लाका कतिपय कार्यालयका काम समेत प्रभावित भइरहेका छन्।    

यसैबीच सामाजिक विकास मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशमा बुधबार ९१ जना कोरोना सङ्क्रमित थपिएका छन्।  थपिएका समेत गरेर प्रदेशमा कोभिड—१९का कूल सङ्क्रमित ८ हजार २९६ पुगेको छ। पछिल्ला दिनमा प्रदेशमा कोरोनाका सक्रिय सङ्क्रमित बढ्दै गएको छ।  

बढी प्रभावित प्रदेशको राजधानी कैलालीका ७२५ जना सहित प्रदेशमा कूल सक्रिय सङ्क्रमितको संख्या बुधबार एक हजार ३०२ पुगेको छ। 

प्रकाशित: Oct 15, 2020| 02:45 बिहीबार, असोज २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।