आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • केन्द्रबारे विवादमा गाउँपालिका अध्यक्षमाथि हातपात, झडपमा  १४ जना घाइते

केन्द्रबारे विवादमा गाउँपालिका अध्यक्षमाथि हातपात, झडपमा  १४ जना घाइते

बैतडीको सुर्नया गाउँपालिकाको केन्द्र सार्ने विषयमा विवाद हुँदा गाउँपालिका अध्यक्ष बीरबहादुर बिष्टमाथि कुटपिट भएको छ। 
 |  बिहीबार, असोज २९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २९, २०७७

बैतडी– बैतडीको सुर्नया गाउँपालिकाको केन्द्र सार्ने विषयमा विवाद हुँदा गाउँपालिका अध्यक्ष बीरबहादुर बिष्टमाथि कुटपिट भएको छ। 

गाउँपालिकामा एक पक्षले लगाएको ताला खोल्न जाँदा गाउँपालिका अध्यक्ष बिष्टमाथि ढुंगामुडा गरिएको थियो।  ढुंगा लागेर अध्यक्ष बिष्टको टाउकोमा गहिरो चोट रहेको प्रहरीले जनाएको छ।

सुर्नया गाउँपालिकाको केन्द्र पबितामा सार्न खोजेको भन्दै केही स्थानीयले केही दिन अघि तालाबन्दी गरेका थिए। केन्द्रका विषयमा बुधबार दिनभरी छलफल हुँदा समेत निष्कर्षमा नपुगेपछि बेलुका ताला खोल्न खोज्दा झडप भएको प्रहरीले जनाएको छ।

झडपमा परेर ५ जना प्रहरी पनि घाइते भएका छन् भने संघर्षरत पक्षका ६ जना घाइते भएका छन्। अध्यक्ष बिष्टसँग रहेका अन्य तीनजना घाइते भएका सुर्नया पुगेका इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक धनदेव साउदले जानकारी दिए। घाइते सबैको अवस्था समान्य रहेको प्रहरीले जनाएको छ।

सुर्नया गाउँपालिकाको केन्द्र पबिता राख्ने गाउँकार्यपालिकाले गत वर्ष नै निर्णय गरेको हो। स्थानीयले भने सर्वोच्चमा विचाराधिन मुद्दा भएकाले केन्द्रका विषयमा कुनै काम गर्न नपाइने भन्दै गाउँपालिकामा तालाबन्दी गरेका थिए।

राजनीतिक उक्साहटमा गाउँपालिका अध्यक्षमाथि नै कुटपिट भएपछि प्रहरी निरीक्षक धनदेव साउदको नेतृत्वमा घटनास्थलमा प्रहरी पुगेको छ। 

सशस्त्र प्रहरीको टोली समेत सुर्नयाका लागि खटाइएको छ। सम्भावित थप जोखिम कम गर्नका लागि सुरक्षा सतर्कता अपनाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए। 

गाउँपालिकामा तालाबन्दीकै कारण बुधबार हुने भनिएको गाउँसभा समेत हुन सकेको छैन।

प्रकाशित: Oct 15, 2020| 01:54 बिहीबार, असोज २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।