आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • संसदको महिला तथा बालबालिका समिति सभापति कोरोना संक्रमित

संसदको महिला तथा बालबालिका समिति सभापति कोरोना संक्रमित

प्रतिनिधिसभाको महिला तथा बालबालिका समितिकी सभापति निरुदेवी पाललाई पनि कोरोना संक्रमण पुष्टि भएको छ।
 |  बुधबार, असोज २८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असोज २८, २०७७

काठमाडौं- प्रतिनिधिसभाको महिला तथा बालबालिका समितिकी सभापति निरुदेवी पाललाई पनि कोरोना संक्रमण पुष्टि भएको छ।

सामाजिका संजाल फेसबुक मार्फत् उनले आफू संक्रमित भएको जानकारी दिएकी छन्।

आफूलाई सामान्य रुघाखोकी र हल्का ज्वरोसहित श्वासप्रश्वासको समस्या रहेको र कोरोना परीक्षण गर्दा पाजेटिभ देखिएको उनले बताएकी छन्।

उनले संसदमा थुप्रै काम गर्न बाँकी रहेकाले ती कामका लागि पनि आफूले कोरोना जित्ने विश्वास स्टाटसमार्फत् व्यक्त गरेकी छन्।

साथै आफ्नो सम्पर्कमा रहेका अन्य व्यक्तिलाई साबधानी अपनाउन उनको आग्रह छ।
 

प्रकाशित: Oct 14, 2020| 14:57 बुधबार, असोज २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।