आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जस्केलाबाट सत्तामा छिरेर तुजुक नदेखाउन बाबुरामको चेतावनी

जस्केलाबाट सत्तामा छिरेर तुजुक नदेखाउन बाबुरामको चेतावनी

पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादीका नेता डा. बाबुराम भट्टराईले सत्ताको तुजुक नदेखाउन नेकपा नेताहरुलाई चेतावनी दिएका छन्।
 |  बुधबार, असोज २८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असोज २८, २०७७

काठमाडौं- पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादीका नेता डा. बाबुराम भट्टराईले सत्ताको तुजुक नदेखाउन नेकपा नेताहरुलाई चेतावनी दिएका छन्। 

केही दिनअघि डा. भट्टराई बूढीगण्डकी आयोजनाको नौ अर्ब रुपैयाँ प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहालले बाँडेर खाएको र त्यसको प्रमाण आफूसँग रहेको सार्वजनिक अभिव्यक्ति दिएका थिए।

उनको सो भनाइको बुधबार नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले खण्डन गर्दै त्यसमा सत्यता नभएको स्पष्ट पारेका थिए।

तर डा. भट्टराईले नेकपा प्रवक्ताको भनाइ नै असत्य रहेको आशय व्यक्त गर्दै  बूढीगण्डकी, एनसेल, वाइडबडी, सुरक्षा प्रिन्टिङ, यती,ओम्नी लगायत सबै ठूला भ्रष्टाचार काण्डको छानबिन र दण्डसजाय गर्न अधिकारसम्पन्न जनलोकपाल गठन गर्न आग्रह गरेका हुन्।

उनले सबै उच्च पदासीनहरूको सम्पत्ति छानबिन गर्न आग्रह गर्दै आफू पूर्ण सहयोग गर्न र दोषी ठहरे दण्डित हुन तयार रहेको बताएका छन्।

डा. भट्टराईले ट्विटरमा लेखेका छन्, 'जस्केलाबाट छिर्नेहरूले सत्ताको तुजुक नदेखाऊँ।'

भट्टराईको यो भनाइ नेकपा प्रवक्ता श्रेष्ठमाथि लक्षित छ। गोरखाबाट प्रतिनिधिसभा निर्वाचन हारेका श्रेष्ठ हाल राष्ट्रिय सभा सदस्य छन्।

कांग्रेसले पनि भट्टराईको अभिव्यक्तिको यसअघि नै खण्डन गरेको छ।

प्रकाशित: Oct 14, 2020| 14:45 बुधबार, असोज २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।