आइतबार, भदौ १४, २०८३

प्रदेश १ मा ५ हजार ८२२ संक्रमित होम आइसोलेसनमा

कोरोना संक्रमण देखिएका ५ हजार ८२२ जना होम आइसोलेसनमा रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
 |  बुधबार, असोज २८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असोज २८, २०७७

विराटनगर– प्रदेश १ मा होम आइसोलेसनमा बस्नेको संख्या बढ्दो छ।

प्रदेश सरकार, स्थानीय तह, निजी अस्पताल र सामाजिक संस्थाहरुले गरी ३२ वटा अस्पताल तथा आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएका छन्। यी आइसोलेसन केन्द्रमा ६६६ संक्रमित उपचाररत छन्।

कोरोना संक्रमण देखिएका ५ हजार ८२२ जना होम आइसोलेसनमा रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। आइसोलेसन अभावमा सरकारले होम आइसोलेसनमा बस्न दिने अनुमति दिएपछि यस्तो संख्या बढेको हो।

होम आइसोलेसनमा बसेका संक्रमितको अवस्थाबारे स्थानीय सरकारले कुनै पनि सोजीखोजी गर्ने नगरेको एक संक्रमितले बताए। होम आइसोलेसनको सरकारले अनुगमन गर्न नसकेको मुख्यमन्त्री शेरधन राईले सार्वजनिक कार्यक्रममा बताउँदै आएका छन्। 

५ हजार १५ डिस्चार्ज

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ११ हजार ६१५ पुगेको छ। संक्रमितमध्ये ५ हजार १५ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज प्रतिशत ४३ छ। हालसम्म १ सय १३ जनाको मृत्यु भएको छ। सक्रिय संक्रमितको संख्या ६ हजार ४८७ छ। 

१ लाख ४० हजारको पीसीआर

८ वटा प्रयोगशालाले बुधबारसम्म १ लाख ४० हजार ९५७ जनाको पीसीआर परीक्षण गरेका छन्। ५ वटा सरकारी र ३ वटा निजी प्रयोगशालाबाट कोरोना परीक्षण हुँदै आएको छ।

कुल परीक्षण गरिएकोमध्ये ८ दशमलव २४ प्रतिशतमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयको कोभिड १९ तथ्यांक संकलन तथा अनुगमन समितिका संयोजक डा. सरोज विशालले बताए। उनका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सवैभन्दा बढी ५३ हजार ६१६ जनाको पीसीआर गरिएको छ। 

बुधबार ४४५ संक्रमित थपिए

प्रदेश १ मा आज (बुधबार) ४४५ जना कोरोना संक्रमित थपिएका छन्। सुनसरीमा १९७, मोरङगमा १८५, झापामा ४६, उदयपुरमा ६, धनकुटा र इलाममा १–१ र प्रदेश १ बाहिरका ९ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा बुधबार १४२ जना डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ५ हजार १५ पुगेको छ।

प्रकाशित: Oct 14, 2020| 13:55 बुधबार, असोज २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।