काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्।
बुधबार पुनर्गठित मन्त्रिपरिषद्मा विष्णु पौडेल (अर्थ), कृष्णगोपाल श्रेष्ठ (सहरी विकास) र लिलानाथ श्रेष्ठ (महिला, बालबालिका तथा ज्येष्ठ नागरिक) मन्त्री थपिएका हुन्। योसँगै मन्त्रिपरिषद् २५ सदस्यीय पुगेको छ।
रक्षा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री ओलीले आफैंसँग राखेका छन्।
रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाइएका ईश्वर पोखरेल उपप्रधानमन्त्री यथावत् छन् भने उनको कार्यविभाजन प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा तोकिएको छ।
पार्वत गुरुङले सञ्चार तथा सूचना प्रविधि मन्त्रीको जिम्मेवारी पाएका छन्। उनी यसअघि महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थिए।
यस्तो छ पुनर्गठित मन्त्रिपरिषद्को कार्यविभाजनः
१. केपी शर्मा ओली प्रधानमन्त्री र रक्षामन्त्री
२. ईश्वर पोखरेल उपप्रधानमन्त्री
३. रामबहादुर थापा गृहमन्त्री
४. विष्णुप्रसाद पौडेल अर्थमन्त्री
५. प्रदीपकुमार ज्ञवाली परराष्टमन्त्री
६. हृदयेश त्रिपाठी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री
७. गिरिराजमणि पोखरेल शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री
८. वर्षमान पुन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री
९. घनश्याम भुसाल कृषि तथा पशुपन्छी विकासमन्त्री
१०. कृष्णगोपाल श्रेष्ठ सहरी विकासमन्त्री
११. भानुभक्त ढकाल स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री
१२. लेखराज भट्ट उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री
१३. योगेशकुमार भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री
१४. शक्तिबहादुर बस्नेत वन तथा वातावरणमन्त्री
१५. रामेश्वर राय यादव श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री
१६. जगतबहादुर सुनार (विश्वकर्मा) युवा तथा खेलकुदमन्त्री
१७. पद्माकुमारी अर्याल भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री
१८. बिना मगर खानेपानीमन्त्री
१९. वसन्तकुमार नेम्वाङ्ग भौतिक पूर्वाधार तथा यातायातमन्त्री
२०. पार्वत गुरुङ सञ्चार तथा सूचना प्रविधिमन्त्री
२१. शिवमाया तुम्बाहाङफे कानुन, न्याय तथा संसदीय मामिलामन्त्री
२२. लिलानाथ श्रेष्ठ महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री
२३. मोतीलाल दुगड उद्योग, वाणिज्य तथा आपूर्तिराज्यमन्त्री
२४. नवराज रावत स्वास्थ्य तथा जनसङ्ख्याराज्यमन्त्री
२५. रामवीर मानन्धर सहरी विकासराज्यमन्त्री