आइतबार, भदौ १४, २०८३

'चीनले हुम्लामा दुई किमि भूमि मिच्दा पनि सरकार मौन'

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार विज्ञप्ति जारी गर्दै हुम्लामा ‘चीनले सीमा मिचेको छैन’ भनेर हतारिएर टिप्पणी गर्ने सरकार सीमा अतिक्रमणको प्रमाण सार्वजनिक भइसक्दा पनि मौन बसेर त्यसलाई ढाकछोप गर्न प्रयत्नशील रहेको आरोप लगाएका छन्।
 |  बुधबार, असोज २८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असोज २८, २०७७

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले हुम्लाको नाम्खा लिमीमा चीन सरकारले करिब दुई किलोमिटर नेपाली भूमि अतिक्रमण गरेको निष्कर्ष निकालेको छ। 

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार विज्ञप्ति जारी गर्दै हुम्लामा ‘चीनले सीमा मिचेको छैन’ भनेर हतारिएर टिप्पणी गर्ने सरकार सीमा अतिक्रमणको प्रमाण सार्वजनिक भइसक्दा पनि मौन बसेर त्यसलाई ढाकछोप गर्न प्रयत्नशील रहेको आरोप लगाएका छन्। उनले यस विषयमा कांग्रेस गम्भीर रहेको बताए। 

सरकारले सीमा मिचिएको छैन भन्ने धारणा सार्वजनिक गरेपछि कांग्रेसले ‘हतारको टिप्पणी’ भनेको थियो।

नेपाल सरकारले सीमा नमिचिएको भन्ने धारणा सार्वजनिक गरेपछि कांग्रेसले १४ असोजमा कर्णाली प्रदेश सभाका विपक्षी नेता एवं कांग्रेस केन्द्रीय सदस्य जीवनबहादुर शाहीको नेतृत्वमा एक अध्ययन कार्यदल नाम्खा पठाएको थियो।

हुम्लास्थित स्थानीय प्रशासन, नेपाली सेना, सशस्त्र प्रहरीलगायतको नेतृत्वले असोज पहिलो साता स्थलगत अध्ययन गरेको प्रतिवेदन सरकारले सार्वजनिक नगरेपछि कांग्रेस टोली त्यहाँ खटिएको थियो।

टोलीले चीनसँगको सिमानामा सो भूगोलमा रहेका पिलर नम्बर ५ देखि १२ सम्मको सीमा क्षेत्रमा नाम्खाको लिमीमा चीनले करिब दुई किलोमिटर नेपाली भूमि अतिक्रमण गरेको निष्कर्ष निकालेपछि कांग्रेसले बुधबार विज्ञप्ति जारी गरेर धारणा सार्वजनिक गरेको हो।

सो टोलीले ११ दिन लगाएर अध्ययन गरेको कांग्रेसले जनाएको छ।

 कांग्रेसले भनेको छ, ‘दुई किलोमिटर भूमि अतिक्रमण हुँदा सूचना नराख्नु, जानकारी दिने सहायक प्रमुख जिल्ला अधिकारीलाई २४ घण्टे स्पष्टीकरण काट्नु, प्रमुख जिल्ला अधिकारी नेतृत्वको टोली स्थलगत अध्ययनमा छँदै ‘सिमा मिचिएको छैन’ परराष्ट्र मन्त्रालय बोल्नु, सो टोली सिमाबाट फर्किएपछि मिडियालाई विवरण दिन रोक लगाइनु, त्यो अध्ययन टोलीको विवरण केन्द्रमा समेत सार्वजनिक नगरिनु अनि प्रतिपक्षी दलको प्रदेश संसदीय दलको नेतृत्वले अध्ययन गरेको प्रतिवेदन पाएपछि पनि प्रदेश र केन्द्र सरकार दुवै मौन रहनु दुःखद, लज्जास्पद र आपत्तिजनक छ।’ 

कांग्रेसले उत्तरी मित्रराष्ट्रबाट होस् या दक्षिणीबाट सीमा अतिक्रमण  अस्वीकार्य रहेको प्रस्ट पारेको छ। 

हुम्लाको सीमामा चीनले गरेको अतिक्रमण सार्वभौम राष्ट्र नेपालका लागि गम्भीर आपत्तिको विषय भएको कांग्रेसले जनाएको छ। विज्ञप्तिमा उल्लेख छ, ‘झनै आपत्ति, आश्चर्य र निन्दनीय विषय त नेपाल सरकारले गर्न खोजेको ढाकछोप र मौनता साथको राष्ट्रघात छ।’ 

कांग्रेसले तत्काल धारणा सार्वजनिक गर्न, राष्ट्रको साझा धारणा निर्माण गर्न, चीन सरकारसमक्ष ‘प्रोटेस्ट नोट’ पठाउन र कूटनीतिक संवादमार्फत हल खोज्ने प्रक्रिया अविलम्ब सुरु गर्न सरकारसँग माग गरेको छ।

कांग्रेस अध्ययन टाेलीकाे प्रतिवेदन 

प्रकाशित: Oct 14, 2020| 12:07 बुधबार, असोज २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।