आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रमाण भए आधिकारिक निकायमा पेश गर्न बाबुरामलाई नेकपाको चुनौती

प्रमाण भए आधिकारिक निकायमा पेश गर्न बाबुरामलाई नेकपाको चुनौती

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य एवम् प्रवक्ता नारायणकाजी श्रेष्ठले पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको अभिव्यक्तिको भर्त्सना गरेका छन्।
 |  बुधबार, असोज २८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असोज २८, २०७७

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य एवम् प्रवक्ता नारायणकाजी श्रेष्ठले पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको अभिव्यक्तिको भर्त्सना गरेका छन्।

श्रेष्ठले आज विज्ञप्ति जारी गर्दै पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र पार्टीका अध्यक्ष पुष्पकमल दाहाल समेतले बूढीगण्डकी परियोजनामा अरबौं रकम घूस लिएको भनी सार्वजनिक रुपमा प्रकट गरेको अभिव्यक्ति विल्कुल आधारहीन, भूmठ, गलत, कपोकल्पित एवम् दुराशयपूर्ण रहेको प्रष्ट्याएका छन्।

‘हामी त्यससँग सम्बन्धित तथा कथित कुनै प्रमाण भए सार्वजनिक रुपमा र राज्यको सम्बन्धित आधिकारिक निकायमा पेश गर्न चुनौती दिन्छौं,’ श्रेष्ठले भनेका छन्।

यद्यपि त्यस प्रकारको कृत्रिम आरोपको तथा कथित प्रमाणको हौवा भ्रमको खेतीमात्र हो भन्ने स्पष्ट नै रहेको विज्ञप्तिमा भनिएको छ। ‘तसर्थ राज्यको गरिमामय उच्च पद सम्हालिसकेका व्यक्तिबाट प्रचारित यस प्रकारको आपत्तिजनक एवम् गैरजिम्मेवार अभिव्यक्तिका निम्ति सार्वजनिक क्षमा याचना हुनुपर्दछ,’ प्रवक्ता श्रेष्ठले भनेका छन्।

भट्टराईको अभिव्यक्तिप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि विज्ञप्ति निकालेर ठोस प्रमाण भए सार्वजनिक गर्न चुनौती दिइसकेको छ।

केही दिनअघि गृहजिल्ला गोरखा पुगेका जनता समाजवादी पार्टीका नेतासमेत रहेका भट्टराईले प्रधानमन्त्री ओली, नेकपा अध्यक्ष दाहाल र नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बूढीगण्डकी परियोजनामा अरबौं घूस खाएको अभिव्यक्ति दिएका थिए। 
 

प्रकाशित: Oct 14, 2020| 11:29 बुधबार, असोज २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।