आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • थप १२ जना कोरोना संक्रमितको मृत्यु, कुल संख्या पौने सात सय

थप १२ जना कोरोना संक्रमितको मृत्यु, कुल संख्या पौने सात सय

स्वास्थ्य मन्त्रालयका अनुसार अहिले देशभरका आईसीयूमा ३०५ जना संक्रमित छन् भने भेन्टिलेटरमा ७० जना छन्। 
 |  बुधबार, असोज २८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असोज २८, २०७७

काठमाडौं– पछिल्लो २४ घण्टामा १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या ६७५ पुगेको छ। 

स्वास्थ्य मन्त्रालयका अनुसार अहिले देशभरका आईसीयूमा ३०५ जना संक्रमित छन् भने भेन्टिलेटरमा ७० जना छन्। 

आज बुधबार काठमाडौं उपत्यकामा १४ सय ३ जना कोरोना संक्रमित थपिएका छन्। 

पछिल्लो २४ घण्टामा भएको पीसीआर परीक्षणमा काठमाडौंका ९९६ जना, भक्तपुरका १०२ जना र ललितपुरमा ३०५ जनामा संक्रमण पुष्टि भएको हो। 

पछिल्लो २४ घण्टामा देशभर १३ हजार ९४७ जनाको पीसीआर परीक्षण भएकोमा २ हजार ६३८ जनामा संक्रमण पुष्टि भएको छ। त्यसैगरी २ हजार १७४ जना संक्रमणमुक्त भएका छन्। 

सक्रिय संक्रमित– ३६,३६७

संस्थागत आइसोलेसनमा– १४,८१९

होम आइसोलेसनमा– २१,५४८
 

प्रकाशित: Oct 14, 2020| 10:52 बुधबार, असोज २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।