काठमाडौं– आज बुधबार काठमाडौं उपत्यकामा १४ सय ३ जना कोरोना संक्रमित थपिएका छन्।
पछिल्लो २४ घण्टामा भएको पीसीआर परीक्षणमा काठमाडौंका ९९६ जना, भक्तपुरका १०२ जना र ललितपुरमा ३०५ जनामा संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा देशभर १३ हजार ९४७ जनाको पीसीआर परीक्षण भएकोमा २ हजार ६३८ जनामा संक्रमण पुष्टि भएको छ।
त्यसैगरी २ हजार १७४ जना संक्रमणमुक्त भएका छन्।
सक्रिय संक्रमित– ३६,३६७
संस्थागत आइसोलेसनमा– १४,८१९
होम आइसोलेसनमा– २१,५४८
आईसीयूमा– ३०५
भेन्टिलेटरमा– ७०