आइतबार, भदौ १४, २०८३

२६ सय ३८ संक्रमित थपिए, २१ सय ७४ संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा १३ हजार ९४७ जनाको पीसीआर परीक्षण गरिएको छ।
 |  बुधबार, असोज २८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असोज २८, २०७७

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो सहित नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख १७ हजार ९९६ पुगेको छ।

पछिल्लो २४ घण्टामा १३ हजार ९४७ जनाको पीसीआर परीक्षण गरिएको छ। यो सहित नेपालमा अहिलेसम्म १२ लाख २१ हजार ३८ जनाको कोरोना परीक्षण भइसकेको छ।

हाल नेपालमा ३६ हजार ३६७ जना सक्रिय संक्रमित रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जनाएको छ। जसमध्ये १४ हजार ८१९ जना संस्थागत आइसोलेसनमा र २१ हजार ५४८ जना होम आइसोलेसनमा छन्।

पछिल्लो २४ घण्टामा नेपालमा २ हजार १७४ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ८० हजार ९५४ जना छ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ। योसहित नेपाल कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ६७५ पुगेको छ।

प्रकाशित: Oct 14, 2020| 10:40 बुधबार, असोज २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।