आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेपालको हवाई क्षेत्रमा इयुले लगाएको प्रतिबन्ध हटाउन गृहमन्त्रीको आग्रह

नेपालको हवाई क्षेत्रमा इयुले लगाएको प्रतिबन्ध हटाउन गृहमन्त्रीको आग्रह

गृहमन्त्री रामबहादुर थापाले नेपालको हवाई क्षेत्रमा युरोपेली युनियन (इयु) ले लगाएको प्रतिबन्ध हटाउन नेपालका लागि नवनियुक्त इयुका राजदूत नोना देप्रेजसँग आग्रह गरेका छन्। 
 |  बुधबार, असोज २८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असोज २८, २०७७

काठमाडौं- गृहमन्त्री रामबहादुर थापाले नेपालको हवाई क्षेत्रमा युरोपेली युनियन (इयु) ले लगाएको प्रतिबन्ध हटाउन नेपालका लागि नवनियुक्त इयुका राजदूत नोना देप्रेजसँग आग्रह गरेका छन्। 

गृह मन्त्रालयमा आज (बुधबार) भएको शिष्टाचार भेटवार्तामा थापाले नेपालले पछिल्लो समय हवाई सेवामा पर्याप्त सुरक्षा बढाएको भन्दै यस्तो आग्रह गरेका हुन्। 

नेपाल र इयुका राष्ट्रहरुबीचको द्वीपक्षीय सम्बन्ध, सहयोग र आपसी सहकार्यका विषयमा केन्द्रित रहेर छलफल भएको थियो।
थापाले इयुको नेपालका लागि राजदूतको रुपमा नियुक्त भएकोमा देप्रेजलाई बधाई तथा सफल कार्यकालको शुुभकामना दिँदै उनको कार्यकालमा नेपाल–इयु सम्बन्ध थप उचाईमा पुग्ने विश्वास व्यक्त गरे।

गृहमन्त्री थापाले नेपालको विकास, लोकतन्त्र, मानवअधिकार र विपद् व्यवस्थापनलगायतका क्षेत्रमा इयुले गर्दै आएको सहयोगका लागि राजदूतमार्फत धन्यवाद व्यक्त गर्दै आगामी दिनमा समेत सहयोगले निरन्तरता पाउने विश्वास व्यक्त गरे।

भेटमा राजदूत देप्रेजले नेपाल र इयुका राष्ट्रहरुबीच ऐतिहासिक सम्बन्ध रहेको चर्चा गर्दै आफ्नो कार्यकालमा सो सम्बन्धलाई थप बलियो बनाउन भूमिका खेल्ने बताइन्।

उनले नेपाललाई इयुले दिँदै आएको सहयोग निरन्तर रहने तथा आगामी दिनमा थप सहयोग विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
नेपालको हवाई क्षेत्रमा लगाइएको प्रतिबन्ध प्राविधिक विषय भएको बताउँदै सो सम्बन्धमा इयुको प्राविधिक समितिले अध्ययन गररहेको तथा छिट्टै निश्कर्षमा पुग्ने आश्वासन राजदूत देप्रेजले दिइन्। 

भेटमा उनले नेपालको संघीयताको अभ्यास, विपद् व्यवस्थापन र कोरोना नियन्त्रणमा चालेका कदमका सम्बन्धमा गृहमन्त्री थापासँग जिज्ञासा राखेकी थिइन्। 

प्रकाशित: Oct 14, 2020| 10:08 बुधबार, असोज २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।