पोखरा- जिल्ला ट्राफिक कार्यालय कास्कीमा कोरोना संक्रमण फैलिएको छ। ४ जना ट्राफिक प्रहरीमा गत शनिबार कोरोना पोजेटिभ देखिएपछि उनीहरु आइसोलेसनमा छन्।
ट्राफिक प्रहरीमा कोरोना पुष्टि भएसँगै ४ दिनयता पोखरामा ट्राफिक प्रहरीको काम केही प्रभावित बनेको छ। ब्यारेकमा कोरोना भाइरस छिरेपछि ट्राफिक प्रहरीको गतिविधि कम भएको छ।
‘४ जनालाई पोजेटिभ देखिएको थियो। ३ जना ब्यारेकमै र १ जनालाई पश्चिमाञ्चल अस्पतालमा लगिएको छ,’ ट्राफिक प्रहरी प्रमुख प्रहरी निरिक्षक सन्तोष रोकाले भने।
कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि गत शुक्रबार स्वाब परिक्षणका लागि पठाइएको थियो।
संक्रमितको सम्पर्कमा रहेका २२ जना ट्राफिक प्रहरी क्वारेन्टिनमा बसेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुवास हमालले बताए। कास्कीमा प्रहरी निरिक्षकको नेतृत्वमा ९० भन्दा बढी ट्राफिक प्रहरी कार्यरत छन्।