शुक्रबार, असोज ४, २०८१

किरियापुत्रीले लगाइदिए गाउँपालिका कार्यालयमा ताला

वडाध्यक्ष शाहीका छोरा प्रकाश शाही किरिया बसिरहेकै अवस्थामा तालाबन्दी गर्न पुगेका थिए।
 |  बुधबार, असोज २८, २०७७
nespernesper

देव राना

देव राना

बुधबार, असोज २८, २०७७

सुर्खेत– जाजरकोटको जुनीचाँदे गाउँपालिका कार्यालयमा किरियापुत्रीहरुले तालाबन्दी गरेका छन्।

triton college

आज दिउँसो १ बजेतिर सदरमुकाम खलंगामा रहेको गाउँपालिकाको सम्पर्क कार्यालयमा उनीहरुले अनिश्चितकालिन तालाबन्दी गरेका हुन्।

जुनीचाँदे गाउँपालिका वडा नं. ११ का मृतक वडाध्यक्ष अमरबहादुर शाहीका छोरा प्रकाश शाही, स्थानीय कृतिबहादुर शाहीका छोरा हेमराज शाही, कृष्णबहादुर शाहीका छोरा कालिबहादुर शाही लगायतले कार्यालयमा तालाबन्दी गरेका हुन्। वडाध्यक्ष शाहीका छोरा प्रकाश शाही किरिया बसिरहेकै अवस्थामा तालाबन्दी गर्न पुगेका थिए।

उनीहरुले असोज २१ गतेको जिप दुर्घटनामा मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने, घाइते नरबहादुर बुढाको सम्पूर्ण उपचार खर्च दिनुपर्ने, मृतक कर्मचारीका छोराछोरीलाई गाँस, बास, कपास र रोजगारीको व्यवस्था गरिनुपर्ने र मृतक परिवारका २५ जना सरदमुकाम आउँदा–जाँदा लागेको सम्पूर्ण खर्च स्थानीय तहले दिनुपर्ने लगायतका माग राखी तालाबन्दी गरेका हुन्। 

असोज २१ गते जाजरकोटको दरमुकाम खलंगाबाट जुनीचाँदेतर्फ गइरहेको भे १ ज ९३५ नम्बरको जीप जुनीचाँदे गाउँपालिका–१ औलभीरबाट मजकोट खोलामा खसेको थियो।

Metro Mart
vianet

दुर्घटनामा जुनीचाँदे गाउँपालिका वडा नं. ११ का वडाध्यक्ष अमरबहादुर शाही, ६२ वर्षीय कृतिबहादुर शाही, स्वास्थ्यकर्मीद्वय ३२ वर्षीय खेमबहादुर शाही र वडा नं ५ गर्खाकोटका २९ वर्षीय कृष्णबहादुर शाही, मटेलाकी २५ वर्षीया मालिका बस्नेत र छेडागाड–५ का कर्णबहादुर शाहीको घटनास्थलमै मृत्यु भएको थियो।

सोही दुर्घटनामा जुनीचाँदे–११ नबरबहादुर बुढा गभीर घाइते भएका छन्। उनको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ। 

मृतकका आफन्तहरुले गाउँपालिकाको केन्द्र विवादका कारण जीप दुर्घटना पारेर सामूहिक हत्या गरिएको अरोप लगाउँदै आएका छन्।

दुर्घटनापछि स्थानीय तहका जनप्रतिनिधिहरु घटनास्थल नजानु, परिवारसँग भेटघाट र छलफल नगर्नुले गाउँपालिकाको केन्द्र विवादकै कारण दुर्घटना गराइएको मृतक कृतिबहादुर शाहीकी छोरी रेशमा शाही (खत्री) आरोप छ।

‘स्थानीय तहका जनप्रतिनिधि भागिरहेका छन्, चालक पनि पक्राउ गरिएको छैन,’ उनले भनिन्, ‘गाउँपालिकाको केन्द्र विवादकै कारण जीप दुर्घटनामा पारिएको हो।’

घटनापछि गाडी चालक गोरखबहादुर बस्नेत अहिलेसम्म फरार छन्।

यस्तै मृतकका आफन्तहरुले गाउँपालिकाका कार्यवाहक अध्यक्ष शिवा आचार्य (बस्नेत), स्वास्थ्य शाखा संयोजक प्रेमबहादुर शाही, सहसंयोजक योगेश्वर बस्नेत, बेगमान भनिने सत्यनारायण बस्नेत र सवारी चालक गोरखबहादुर बस्नेतले जीप दुर्घटना गराएको आशंका गरेका छन्। शंकास्पद सबैको कल डिटेल हेरेर घटनाको छानविन गरिनुपर्ने माग समेत गरेका छन्।

यता जिल्ला प्रहरी कार्यालय जाजरकोट डीएसपी किशोर श्रेष्ठले चालकको खोजी भइरहको बताएका छन्। ‘घटना भएकै दिनदेखि खोजी गरिरहेका छौँ तर अहिलेसम्म पक्राउ पर्न सकिएको छैन,’ श्रेष्ठले भने, ‘चालकको खोजी जिल्ला र प्रदेश प्रहरीको टोलीले गरिरहेको छ।’

जुनीचाँदे गाउँपालिकाको केन्द्र वडा नं. ४ को लुहादह र कि वडा नं. ३ को परालेमा भन्नेमा विवाद छ। गाउँपालिकाको केन्द्र विवाद मुद्दा सर्वाेच्च अदालतमा विचाराधीन छ। दुर्घटनामा मृत्यु भएका वडाध्यक्षसहितले गाउँपालिकाको केन्द्र लुहादह र कार्यवाहक अध्यक्ष पक्षले पराले पालिकाको केन्द्र हुनुपर्ने अगाडि राख्दै आएका थिए।

प्रकाशित: Oct 14, 2020| 08:40 बुधबार, असोज २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।